भर्खर नै दुई डाक्टर अबल करदाता कोरोनाको कारण ज्यान गुमाउनु पर्यो। यस्तै यस्तै होनहार हजारौं ब्यक्तिहरु कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ। अतुलनीय नोक्शान भएको छ। सरकार चलाउनेले भ्रष्टचार गर्नाको कारणले गर्दा कोरोना हटाउने भन्दा कमाउने नीति लिएर कोरोना भित्रिएको हो र बढेको हो।
जनताहरुलाई भ्रष्टचारको महामारी साथमा झन् कोरोनको महामारीले भ्रस्टाचारको महामारी उच्च स्तरमा पुराएको छ । कोरोनाको रोग मान्छेबाट मात्र सर्ने कुरा शिद्ध भयो। जनवार, चरा र हावाबाट सर्ने कुरो रहेनछ । मानिस चेतनशिल प्राणीले नै कोरोना सार्ने साधन हो। मान्छेको ब्यबस्थान सरकारले गर्न नचाहेर नै यो महामारी भएको हो। सरकारले भ्रस्टाचार नगरिकन ब्यबस्थान गर्छु भनि प्रण लिएर गरेमा कोरोना निर्मूल हुने कुरामा दुइ मत छैन। कोरोनाको खोपले पनि १०० प्रतिशत सुरिक्षित नहुने भन्ने प्रमाणित भैसके पछि सो को पनि भरोशा भएन। ५ प्रतिशत त् के कुरा एक लाखमा एउटाको ज्यान जाने पनि भएन भए पनि त्यो हुनु नकरात्मक खतरनाक नै हो।
भ्रष्टचारबाट कसरी मुक्त हुनेः
भ्रष्टचारको माहामारीले कारण नै कोरोना को माहामारीले भएको भनि हरेक नेपाली जनता जाने बुझे को कुरा हो। भ्रष्टचार अपराध कसरि भएका छन् भन्ने थाहा छ। बाध्य भएर गर्नु परेको छ । सुशाषन नभएर हामीले नगदमा लिएको दिएको रकम नै एक तिहाई भ्रस्टाचार, अपराधमा उपयोग भै राखेको छ। नेपालको चलन चल्ती भएको रु ५०० र रु १,००० का नोटहरूको कारोबार नै पारदर्शी नगरेको कारण अर्थात् भ्रस्टाचार गर्ने सहुलियत सरकारले नै दिएको छ।
सो सहुलियत नदिए सरकारका कर्मचारी, चम्चे तथा पार्टी कार्यकर्ता भ्रस्टाचार, अपराध र कर छली गर्न पाउदैन। भ्रस्टाचार, अपराध , कर छली निर्मूल गर्ने र देश भरि कोरोना मुक्त हुने हो भने निर्बिकल्पमा रु ५०० र रु १,००० का नोटहरू चलन चल्ती हटाउनु पर्छ जुन एक दुइ महिनामा नै लागु गर्न सकिन्छ ।
कोरोना मुक्तबाट कसरी मुक्त हुने :
धेरै भ्रस्टाचार नभएको र सुशाशन भएको देशहरु भुटान, कम्बोडिया, अस्ट्रेलिया, चिन आदि देशहरुमा कोरोनाबाट कम प्रभावित छन्। सरकारले चाहेमा तिनीहरु देशले भन्दा चाडो कोरोना मुक्त देश घोषणा गर्न सक्छ। सरकारले कोरोना देशम छिर्न रोक्न सकेन अहिले घर घरमा फैलाई सक्यो। अब देशमा महामारी निकै फैलिएको छ। अहिले नै महामारी भै सके को छ अब प्रलय हुन् मात्र बाकी छ । अब अहिलेको उपलब्ध साधन अधिकतम उपयोग गरि क्रमशः घर, गाउँरटोल, वडा, पालिका, जिल्ला, प्रदेश अनि राष्ट्रमा नै कोरोना नियन्त्रण होइन निर्मूल गर्ने अभियानमा लागेर केही महिनामा निर्मूल गर्नु हो। अहिलेको बिकाशको काम नै कोरोना निर्मूल गर्नु हो तसर्थ बिकाशको काम छाडेर कोरोना निर्मूल गर्दै कोरोना निर्मूल भएको ठाउँमा जनतालाई ढुक्क गराएर मात्र बिकाशको काम गर्नु नै एक बिकल्प हो । नत्र भने न त बिकाश हुन्छ नत्र महामारीनै निर्मूल हुन्छ अनि प्रलय नै हुन्छ ।
अहिले कुनै वडा वा पालिका पनि कोरोना मुक्त छैन। कोरोनाको उपचार र नियन्त्रण मात्र गरेर होइन मुक्त गर्ने योजना अघि सारेर काम गर्नु पर्छ। महानगरपालिका तथा नगरपालिकाले आफनो वडा वडा भित्र अलग वडासंग निर्मूल नहुँदासम्म सम्बन्ध बिच्छेद गरि कार्य योजना तयार गरि कोरोनाको निर्मूल गर्नु पर्छ। कोरोनाको निर्मूल मुक्त वडासंग मात्र आवत जावत गर्ने। यस्तै गरि पालिकाहरु र जिल्ला कोरोना मुक्त गर्नु अन्तिम उपाय र निर्विकल्प हो । तर यस्तो गरि काम गर्ने सम्भब छैन भनि नकारिएको छ। ठूलो नरसम्भार तिर धक्लिएको छ देशको सिमित साधनको दुरपयोग तथा भ्रस्टाचार मात्र गरिएको छ।
नेपाल सरकारले समयमा सावधानी पूर्बक कोरोना रोक्ने कार्य सम्पादन गरेको भए नेपाल पनि भुटान जस्तै कोरोना मुक्त देश हुने थियो त्यसमा दुइ मत छैन।
कर नतिरौँ, कर दिवस बहिस्कार गर्नुस :
२०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर लागु भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १ गते २०६९ साल देखी राष्ट्रिय कर दिवस मनाउने गरिएको थियो र यो बर्ष मंसिर १ गते तिहारको बिदा परेकोले यो वर्ष ७ मंसिरमा उत्कृष्ट करदाता घोषणाको कार्यक्रम राखिएको छ। नेपालमा कर चुहावट तथा भ्रस्टाचार गराउने खेल गराउने मूल्य अभिवृद्धि कर नै हो किन भने केहि हद सम्मको कारोबारमा मूल्य अभिवृद्धि कर तिर्नु पर्दैन र नगद कारोबारको रकम घटी बढी देखायर ठूलो चलखेल २०५४ साल देखि हुँदै आएको छ। । बिक्रि करको ब्यबस्थामा सबै कारोबार सबैले बिल काट्नु पर्ने नगरेर कर ब्यबस्थामा ठूलो कर चुहावट तथा भ्रस्टाचार शुरुवात गरिएको दिन हो। सरकारको कर जनतासंग सितैमा असुल गरेर सरकारमा बुझाउने र आयकर सरकारलाई बुझाउने गरेको छ।
सरकारले कर असुलीमा र असुल गरेको रकमको २०५० को दशक तिर १०÷१५ प्रतिशत भएको कर चुहावट तथा खर्चमा भ्रस्टाचार अहिलेको सरकार अघि २५÷३० प्रतिशत र अहिले ३५÷४० प्रतिशत भ्रस्टाचार गर्ने सरकार भएको र झन् कोरोना नियन्त्रण नगरेर ब्यबशाय ठप पार्ने सरकारलाई कर तिर्नु भनेको औचित्य नै छैन। भ्रस्टाचार रोकिनु पर्छ अर्थात् करदाता माथि थिचो मिचो र पारदशी कारोबार गर्ने, कर छल्न नमिल्ने, घुस लिन दिन नमिल्ने र भ्रस्टाचार रोकेर कूल बार्षिक राजस्व नघट्ने ब्यबस्था गरि करदर एक तिहाईको कर दर हुने ब्यबस्था हुनु पर्छ।
तसर्थ कोरोना निर्मूल तथा भ्रस्टाचार निर्मूल नहुँदा सम्म यो वर्षको उत्कृष्ट करदाता घोषणा गर्ने ७ मंसिर देखी कर संकलन बन्द गरौँ। कर दाखिला नगरौं। सो दिन यस वर्षको करदाताहरुले भ्रस्ट सरकारबाट वर्षको उत्कृष्ट करदाता घोषणा नै अस्विकार गरौँ। यो बर्ष अगाडिका उत्कृष्ट करदाताहरुले पनि फिर्ता तीन महिना भित्र कोरोना निर्मूल तथा भ्रस्टाचार निर्मूल नभएमा फिर्ता गर्ने प्रण गरौँ ! यति गर्नु भयो भने देशबाट कोरोना निर्मूल तथा भ्रस्टाचार निर्मूल हुन्छ। नत्र भने खरबौंको धनको र लाखौं जनको नोकशान हुन्छ। आफ्नो धनजन र नेपाली जनताको कल्याण र ७ जन्मसम्म पुन्य पाउने काम गर्नुश! अरु जनताहरुले पनि कर नतिरेर साथ दिने छन्।
नेकपाको लागि अन्तिम अग्नी परीक्षाः
नेपाली जनताहरुले अहिलेको नेकपालाई नेपाली कांग्रेस ३० बर्षको साशनमा पनि भ्रस्टाचार नियन्त्रण गर्न नसकेको हुँदा भ्रस्टाचार निर्मूल गर्ने पूर्ब एमाले र पूर्ब माओबादी एक हुने चुनाबी घोषणा अनुसार करिब दुइ तिहाई मत दिई ६ वटै प्रदेशमा समेत प्रदेश सरकारको लागि र अधिकांश स्थानीय सरकारमा समेत जनमत दिएता पनि भ्रस्टाचार नियन्त्रणको साटो झन् दोब्बर भ्रस्टाचार गर्यो बिकाशको नाममा केहि भएन।
कोरानाको कारण बिकाश गर्न नसकेको भन्न पाएका छन् कोरोना आएकोमा खुशी मनाएर सरकार चलाएका छन् कोरोनमा नै भ्रस्टाचार गरका छन् । एक लाख भन्दा बढी जनता कोरोना संक्रित हजारौको ज्यान जाँदा र हजारौ अस्पतालमा हुँदा पनि सरकार मौन जस्तै छ। यो हिसाबले आगामी ३ महिनमा १०० गुना हतात हुन्न भन्ने स्थिति छैन। भ्रस्टाचारको भागबंडा नमिलेर, बिकाशको काम शुन्य भए पछि एकता झन् फाटो भएको छ र जुटेको फूटनेमा तयारी छ। फूटको कारण भ्रस्टाचार गर्न पाउने र न पाउने को हो अहिले सचिबालयमा लडाई भएको छ ।
लाखौं लाख साधारण सदस्यहरु भएको र एक हजार जति सचिबालय, स्थाई समिति, केन्द्रिय समिति भएको नेकपा पार्टीले हावामा भ्रस्टाचारको निर्मूल गर्ने सुशाशन गर्ने नारा ७० बर्ष देखि दिए तापनि कसरि भ्रस्टाचारको निर्मूल गर्ने भन्दा आफू सत्तामा पुगने अनि चुर्लुम्ब भ्रस्टाचार गर्ने भ्रस्टाचारको निर्मूल र सुशाशन भयो भनि ठान्ने मात्र छन् । भ्रस्टाचारको निर्मूल गर्ने तरिका होइन कसरि सरकार र जनताबाट मोटो रकम असुल गर्नेमा मात्र तल्लिन छन्। भ्रस्टाचारको निर्मूलको सोच्न त् कुरै कुरा सुन्न पनि चाहदैनन सुनाय जाही नै लाग्छन । अब नेकपाले गर्नु पर्ने तीन कुरामा नै नेकपाको अस्तित्व निर्भर छ।
१ सचिबालयका सदस्यहरुले प्रधान मन्त्रि तथा सबैलाई फिर्ता गरि सचिबालयका सदस्य बाहेक नेताहरुलाई प्रधान मन्त्रि तथा मन्त्रि हुने ब्यबस्था गर्ने र तिनीहरु सचिवालय प्रति उत्तरदायित्व गराउने। सरकारको सुशासनको जिम्मा सचिबालय लिने।
२ नबनियुक्त प्रधान मन्त्रि र मन्त्रिहरु तीन महिना भित्र भ्रस्टाचार र कोरोना मुक्त गराउने सहितको कार्यक्रम पेश गर्नेलाई मात्र उक्त पदमा नियुक्ति गर्ने ।
३ नेकपाका ६ वटै मुख्य मन्त्रिहरुलाई फिर्ता गरि कोरोना मुक्त गराउने कार्यक्रम र बिकाश गर्न ६ महिने प्रतिबता सहित नयाँ मुख्य मन्त्रिहरु नियुक्तिको ब्यबस्था गर्ने र पार्टीले नै कार्यको दायित्व लिने ।
तसर्थ नेकपाले यसलाई नेकपाको लागि अन्तिम मौका र अग्नी परीक्षा हो भनि अक्षरश पालना गर्नु पर्छ ।
उपसंभार : अन्तमा हामी नेपाली जनताले भ्रस्टाचार र कोरोना मुक्त हुने कि न हुने त्यसमा छलफल गरौँ अरु बिल्कल्प छ भने छलफल वा प्रस्तुत गरौ। केहि नगरी सहनशील भएर नै यो भ्रस्टाचार माहामारी तथा कोरोना माहामारी सहनु परेको छ तसर्थ भ्रस्टाचार र कोरोना मुक्त नहुँदासम्म कर नतिरौँ ! कर दिवस बहिस्कार गरौँ !
एकबहादुर क्षत्री
प्रतिक्रिया