पञ्चेबाजा गीत ‘बाजा तालमा’ सार्वजनिक

इनेप्लिज २०७७ मंसिर ४ गते ११:२१ मा प्रकाशित

 

काठमाडौं।मंसिर महिना लागेसंगै बिहेका लगनहरु पनि जुर्दै।यही बिहेका लगनहरु तथा लगनका महिनाहरुलाई लक्षित गरि बिहेका भाकाहरु बजारमा आएका छन्।कोरोना महामारीलाई मध्यनजर राख्दै भरर्खरै मात्र नेपलीहरुले आफ्नो महान पर्व वडादशैं र तिहार मनाएका छन्।

अब फेरी यो बिबाह तथा लगनहरु पनि कोरोना कहरमै सम्पन्न गर्न बाध्य छन्।
यही कोरोना कहरमै नयाँ पञ्चेबाजा गीत ‘बाजा तालमा’ बजारमा आएको छ।
गीतमा गायक भूवन सापकोटा र गायिका जुना शिरिश मगरको स्वार रहेको छ ।

जसमा शब्द तथा संगीत भूवन सापकोटाको नै रहेको छ,भने बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ।गीतको म्युजिक भिडियोतर्फ सिर्जन बरालको निर्देशनमा निर्माण तय भएको छ।
जसमा पछिल्लो समयका निकै फुर्तिला मोडल निर्मल क्षेत्री र अर्की महिला मोडल पुजन घिमिरेको नृत्य तथा रोमान्स् देख्न सकिन्छ।

म्युजिक भिडियोलाई सिर्जन बरालले नै छांयाकन गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन्।‘बाजा तालमा’ गीतको म्युजिक भिडियोलाई गायकद्वाय भूवन सापकोटाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियो लिंक

 

प्रतिक्रिया