कथा : परिचय बिनाको सम्बन्ध

दीपक पन्त २०७७ मंसिर २ गते २२:४२ मा प्रकाशित

त्यो साँझ रंगीन थियो । बिबाह पार्टीको भब्य भोज चलिरहेको थियो । बरबधु दुवै पक्षकाआगन्तुक पाहुनाहरुले पार्टी हल खचाखच थियो । सबै आ -आफ्नै घुन र गतिमा मग्न थिए ।

कोही नाँची रहेका थिए । कोही खाइरहेका थिए । कोही पिइ रहेका थिए । कोही नयाँ नौलोपरिचय जमाई रहेका थिए । सबै दंग र उत्साहित देखिन्थे ।

बेहुली पक्षका भन्दै थिए । केटो साह्रै भाग्यमानी रहेछ । यति शुशिल राम्री जागिरे केटी पायो । केटा पक्षका भन्दै थिए । केटी साह्रै भाग्य मानी रहिछ । यति भलाद्मी जागिरे केटो पाई ।

सबै आ -आफ्ना अड्कल बाजी मारी रहेका थिए । लाग्थ्यो कि नव दम्पतिका ,यी सबै कर्मविधाता हुन् । आ -आफ्नै तर्क र अड्कलबाजी माथि पार्न दुबै पक्ष कस्सी रहेका थिए ।

बिबाह पार्टी आफ्नै गतिमा चलि रहेको थियो । नयाँ चलन अनुसार , यो पार्टी दुवै पक्षका सयुक्त थियो । दुबै पक्षका निम्तालुहरु सहभागी थिए । धेरै मानिसहरु एक अर्कोलाइ चिन्दैनथे ।अपरिचित अनुहार देख्ने बित्तिकै बेहुला पक्षले बेहुली पक्षको होला भन्ने गर्थे । बेहुली पक्षले बेहुलापक्षको होला भन्ने अनुमान लगाउथे ।

पार्टी हलको एक कुनामा जीवन आनन्दले व्हिस्की पिइ रहेको थियो । केही परिचित / केहीअपरिचित साथीहरुसँग । सानो जिउडाल अलि बढी नै पियछ क्यारे जीवनको स्वर अब लर्बराउन थालिसकेको थियो । अब ऊ बिस्तारै नृत्य जमात तिर लम्कियो ।

ठूलो पार्टी हल भएकाले बिसौ जोडीहरू नाँची रहेका थिए । झुमी रहेका थिए । जीवन आफ्नै तालमा नाच्न थाल्यो । नेपाली समुहको पार्टी भए पनि डिजेले हिन्दी पप गीत लगाएका थिए ।गीत को बोल थियो ।

“तेरे इश्क के जवानी मे झुमे झुमे पागल हुआ”

गीतको रौनक र उन्माद्ले भीड बढ्दै थियो । सन्ध्यालाई त्यो आकर्षणले रोक्न सकेन । बिस्तारैबिस्तारै भीडको गतिमा उफ्रदै गई । गीतको बोल र डिजेको स्किलफुल साउण्ड एरेंजमेंटले नाँचकोगति कहिले उन्माद बन्थ्यो त कहिले मन्द मन्द ।

नाच्दै जाँदा जीवन र सन्ध्या धेरै पटक आमने सामने भएँ । धुमिल बत्तीमा सप्त रङ्गी प्रकाशसँगै जीवनले पहिलो पटक नशा रागको अर्ध होसमा सन्ध्यालाइ देख्यो । उज्यालो अनुहार कर्लिकपाल स्लिम सरिर सन्ध्या कुनै फेशन दार मोडल भन्दा कम थिइन | साच्चै सुन्दर नारी थिई ।

हल्का ड्रिंक सन्ध्याले नि पिएकी थिइ । गीतको बोल , डिजेको कलात्मक साउण्ड ब्यबस्थापन रसप्तरंगी लाइटहरुले सन्ध्यामा पनि आफू भित्र उब्जिएको रंगिन चाहत लाइ रोक्न नसकेर नृत्यकुण्डमा हाम फालेकी थिइ ।

पार्टी रंगीन माहोलमा चलि रहेको थियो । यत्तिकैमा डिजेले गीतको डिस्प्ले बदल्यो । नयाँ गीतबज्न थाल्यो । “ओं मेरा दिल धक धक कर्ने लगा ! ओं मोरा जिया चल्ने लगा। ….,,।

गीतको बोलमा झैँ दिलमा दिल मिलाउदै नाच्न थाले । जीवन ,सन्ध्या अनि पचासौ जोडीहरु । मध्यपानको रङ्ग उन्मादमाको कसको हात समातेर नाच्यो पत्तै भएन । ड्रिंसको ओभर डोज होला शायद जीवनले कन्ट्रोल गर्न सकेन । उसको खुट्टा लर्बरायो । ऊ नृत्यहलमा पछारियो । सन्ध्याको नृत्य गति रोकियो ।

अलि पर | अलि पर । उहाँ लड्नु भो । सन्ध्याले भीड हटाउने कोशिस गरी । बिस्तारै भीड एकछेउलाग्यो । भुइँमा पछारिएको टाउको उठाउदै सन्ध्याले सोधी के भो तपाईलाई ? सन्चो भएन कि क्याहो ? उता टेबलमा गएर आराम गर्नुस् ठिक भइ हाल्छ । मायालु शब्द बाण प्रयोग गरी ।

लर्बराएको बोलीले धन्यबाद भन्न के खोजेथ्यो अगि खाएका सबै स्नेक सहित भुमिट गर्यो जीवनले। माहोल दुर्गन्धित भयो । डिजेले कार्यक्रम बन्द गर्यो । सन्ध्याका गुलाबी ड्रेसमा पनि भुमिट्कादुर्गन्धित छिटा हरु परे । अघि सम्मको रंगीन माहोल अब फिका भइ सकेको थियो । जीवनकोगति शिथिल हुँदै गयो । अर्ध होसमा लज्जा बोध गरे पनि शरीर उठाउन सकेन । त्यहिँ आहाल मैबसी रह्यो ।

जीवन अर्ध मुर्छित जस्तो बन्दै गयो । पार्टीका मानिसहरु अब बिस्तारै आ -आफ्नो बाटो तताउनथाले । सन्ध्या लाइ ननिको लाग्यो ।मानबता बिर्सी सकेका भिडहरु देखेर | अघि सम्म संगैनाचेको साथी भुइमा बेचैनी भइ लडेको छ तर सबै घर फर्कन दौडी रहेकाछन् |

सामान्य हिसाबले जीवन उठ्न सक्ने अबस्था देखिएन । एम्बुलेन्स बोलाइयो । अर्ध चेतनमाजीवनलाई एम्बुलेन्समा चडाइयो । स्वास्थ्य कर्मीहरुले बिरामी नजिकको कोही आफन्त एक जना हिड्नुहोस भने ।

कोही परिचित ब्यबहार देखाएर जान तयार भएनन् । एक छिन् अघि सम्म झुमे झुमेमा नाचेका त्यत्रा भीड करीब करिब खाली भइ सकेको थियो । ति भीडबाट कोही निस्कने सुरसार देखिएन।

सन्ध्या आफै पनि नर्स थिइ । एक अर्ध चेतन बिरामी लाइ त्यसरी कसरी छोड्नु ? एक त मानवीयधर्म । अर्को पेशागत धर्म । म जान्छु भनि एम्बुलेन्स चढी ।

सन्ध्या एम्बुलेन्समा चढ्ने बित्तिकै कुनामा बसेका दुइ चार जनाले खासखुस गरेको सन्ध्याकोकानमा पर्यो । भन्दै थिए, केटी पट्टिको केटो हो रे । जड्याहा धेरै भएर घरकाले वास्ता गर्न छोडेकारे । त्यो केटाको दाइ भाउजू अघि नै यसको नाचँको पारा हेर्न नसकेर निस्किसके रे । घर बानेश्वरतिर हो रे ।

अस्पस्ट नै सही केही जानकारी आयो ,उसको बारेमा ।

सन्ध्याको पनि आफ्नै कहानी छ । यो जाड र रक्सी को नशामा ।

उसको आफ्नै श्रीमान् पनि यो लतमा नराम्ररी फसेको छ।

त्यसैले जाँड रक्सीको नशा त्यो पछिका हर्कतका बारेमा ऊ राम्ररी भुक्त भोगी छ । धेरै पटक आजजीवनको जस्तै हालत उसको श्रीमान्ले बनाएको पार्टी हरुको स्मरण गर्दछे । जाँड रक्सी सेवनगरेकै अबस्थामा मोटर साइकल दुर्घटना परेर अझै हिड्न नसकेको ले ऊ एक्लै पार्टी जोइन हुनुपरेको तितो यथार्थता स्मरण गरी । धेरै अव्यस्थ भएर होला उसलाई | त्यति अन्यथा र घृणा पनिलाग्दैन । यस्ता प्रकृतिका घटनाहरू ।

अर्ध मुर्छित जीवनको उसलाई नाम पनि थाह छैन | तैपनि एक मानबिय नाताले अस्पताल सम्मडोरिन्छे । बाटामा टिस्यु पेपरले उसका गाला घाँटीमा परेका छाद र र्यालहरु सफा गरी दिन्छे ।

अस्पतालमा गर्नु पर्ने कागची सही छाप पछि आफ्नो नाम ,ठेगाना र फोन नम्बर दिएर मनमा अनेकतर्क बितर्क लिएर रात को साँढे बाह्र बजे घर फर्कन्छे ।
ट्याक्कै १२ घण्टा पछि भोली पल्ट दिनको ११ बजे होसमा आएको जीवन आफु अस्पतालकोबेडमा पायो । नर्स हरु संगको भला खुसारी पछि अर्ध चेतन अबस्थामा एक महिलाले हस्पिटल ल्याएको उसले थाह पायो । नर्सले दिएको एउटा पेपर लीप हेर्यो । नाम थियो सन्ध्या शर्मा ,उनैलेउसलाई हस्पिटल छोडेको कुरा सहजै अनुमान लगायो ।

गोजी बाट मोबाइल निकाल्यो । हजारौ भीडको सामाजिक संजालबाट उसलाई पत्ता लगाउन कोशिश गर्यो । धेरै आकृतिहरुका बीच एक आकृतिमा ऊ गएर अड्कियो । कता कता देखेजस्तो ,चिने जस्तो लाग्यो । ल्किक गर्दै अझ भित्र प्रोफाइलमा छिर्यो । भर्खर १ घण्टा अगाडि पोस्टिंग भएका सेल्फीहरु थिए । जुन हिजो ऊ समाबेश भएको पार्टीको थियो । अझ नियाल्दैहेर्दा कुनाको टेबलमा धुमिल प्रकाशमा बसेको आफ्नै बिम्ब देख्यो । अब उसलाई यही सन्ध्याले नैउसलाई अस्पताल पुर्याएकोमा सन्देह रहेन ।

हल्का ट्रिपमा उसका अगाडि पछाडि नाचेको सम्झियो । बल गरेरै सन्ध्याको मुहार सम्झने प्रयासगरे पनि नशाको मदमा भएको बेला देखेको भएर होला स्मृतिमा सजिलै बस्न सकेन ।

नाम र फोटोहरुले प्रमाणित भइ सके पछि लज्जा बोध गर्दै केही हरफ कोर्दै फेसबुक फेन्डरिक्वेस्ट पठायो उसले ।

लेखिएको थियो “ खै के सम्बोधन गरु तपाइँलाइ ? अस्तिको पार्टीको मेरो हर्कतका लागि क्षमाचाहन्छु । तपाईको निस्वार्थ सहयोगी हातहरुलाई देखेर , म कृतज्ञ छु । नयाँ जीवन दिनु भएकोमाहृदय देखिनै आभार व्यक्त गर्दछु ।

उही तपाइले नयाँ जीवन दिनु भएको एकल यात्री !

जीवन दाहाल !मीठो प्रसंशा सहित आएको फेन्ड रिक्वेस्ट, सजिलै एस्सेप्ट गरी सन्ध्याले । कता कता आफुलेस्वच्छ भावनाले गरेको सहयोगले कसैले नयाँ जीवन पाएकोमा गर्वानुभूत गरी । जे होस् ,त्यो रातत्यति हतार गरेर अस्पताल नपुर्याएको भए के हुन्थ्यो भन्न सकिदैनथ्यो ? भन्ने अनुमान लगाई उसले।

दिनहरु बित्न थाले । जीवनले सन्ध्याका फेसबुक बाल हरुका पोस्टिंगहरुमा गहकिला कमेन्ट गर्नथाल्यो । समयको गति संगै कमेन्ट लाइकहरु दुवै तर्फबाट आदान प्रदान हुन् थाल्यो । एकफेसबुक फेन्डको नाताले कहिँले गीत पठाउँथ्यो जीवनले । सन्ध्याले लाइक गर्थी त कहिलेसन्ध्याले टिकटक पोस्टिङ्ग गर्थी | जीवनले लाइक कमेन्ट गर्थ्यो । परिचय बिनाको सम्बन्ध चलिरहेको थियो ।दुवैले दुबैको कृतज्ञता गर्थे | कमेन्टहरुमा । प्रसंशा पूर्ण मिठास शब्दहरु खर्चियाकाहुन्थे ।

सन्ध्याको आफ्नै संसार थियो । उसको मन भित्र फेसबुके लाइक कमेन्ट भन्दा अन्य खासै बढी कुनैएटेजमेण्ट थिएन जीवन सँग ।

जीवनको मनमा भने सन्ध्या सँग को सबन्धको परिचयको के नाम दिउँ ? शुरुआत काँ बाट गरू ? भन्ने दोधारमा थियो ? पुरुष रुपी प्यादाले मन ब्याकुल बनाइ एक बिबाहिता नारी सँग मिल्न सक्नेसभाबित सबै सम्बन्ध हरू आखाँ अगाडि ल्यायो अनि त्यसको हिसाब किताब गर्न थाल्यो ।

प्रेमी , दिदि , बहिनी , काकी, भाउजु, फुपू सबै सम्बन्ध हरुको सभाबना आकलन गर्यो । निर्णयलिन निकै कठीन भयो ।

आफुले कोरेका स्नेहिल शब्द हरुले कुनै पनि अर्थमा सन्ध्या को चित्त नदुखोस भन्नेमा जीवन सचेतथियो । तर पनि खै ? के लेख्ने ? के सोध्ने ? कहाँ बाट शुरू गर्ने ? बढो दोधारमा थियो ।

सम्बन्धको परिभाषा नटुङ्गिएको हिमचिमलाइ सामान्य सन्चो बिसन्चो पछिका बिषयहरु केकसरी कुरा गर्ने बढो गाह्रो हुँदो रहेछ ।

कता ह्रस्व राख्ने ? कता दीर्घ राख्ने जस्तै दोमन । तिमि भन्ने कि तपाइँ वा हजुर ?

प्रेमका कुरा गर्ने कि भोगाइका ?

यात्रा का कुरा गर्ने कि सहयोग का ?

केही दिन देखी जीवनले सम्बन्ध परिभाषित नभए पछि खुल्न धेरै गाह्रो महशुस गरेको थियो । तैपनि एक साँझ हिम्मत गरेर सन्ध्याको वालमा लेख्यो ।
प्रिय “सन्ध्या “

तिम्रो मायालु हेराइ र साथले मैले पुनर्जीवन पाएकोमा हृदय देखि नै आभार व्यक्त गर्दछु । त्योरातको लज्जा बोध पछि मैले मदिरा पिउन छोडिदिए । मदिरा त छोडे तिम्रो नशा लाग्न थाल्यो , मके गरु ? धेरै दिन पछि मनमा एक हिम्मत जुटाएर यति लेखे , अन्यथा भए माँफी पाउँ ।

हिम्मतका साथ संध्याको मेसेन्जर वाल रंग्यायो जीवनले ।

प्रतिउत्तरमा केही आएन । दिन बित्यो | रात बित्यो । हप्ता बित्यो । न कुनै प्रतिक्रिया । न लाइक,न कमेन्ट ।

आशासित प्रतिक्रिया नआए पछि जीवन आफू लाइ अपराधी महशुस गर्न थाल्यो । मैले सम्बन्धमासाइनो लगाउन नजानेर एउटा असल मित्र, मलाइ माया गर्ने मेरो रेख देख गर्ने मित्र सँगको सम्बन्धगुमाएको भान भयो । आफै देखी आफैलाई घृणा गर्न थाल्यो ।

सन्ध्याले पनि जीवनको मेसेज नदेखेकी पक्कै पनि होइन । उसलाई जीवनको प्रेम रुपीप्रस्तावको उत्तर दिनु नदिनु भन्दा नि पुरुष रुपी सोच प्रति टिट लागेर आयो |

मनमनै सोच्न थाल्छिन् कामी पुरुषहरु हरेक सम्बन्धमा कामुकता मात्र देख्छन् ?

उसमा म प्रति प्रेम भाब किन पलायो भनि मैले निस्वार्थ उसलाई सहयोग गरे | त्यो पनि बिरामीभएको बेलामा त्यसैले ? के एक दिदीले भाइलाई सहयोग गर्न सक्दैन ? के एक काकीले, भाउजुलेसहयोग गर्न सक्दैन ? किन पुरुष रुपी कामीहरु यौनिक नजरले मात्र हेर्छन महिलालाइ ? के मकसैको श्रीमती कसैको आमा हो भन्ने थाह छैन उसलाइ ? के मेरो सम्पूर्ण हाउ भाउले यौनिक हाटबजार मात्र लाएको देखिन्छ र ? मानबिय सम्बन्धहरु हाइ हेल्लो गरेको यौनिक आकर्षण कै लागिहो त ?

यस्तै यस्तै अनूत्तरित प्रश्नले सन्ध्या भित्र भित्रै जली रही । आफ्नै निस्वार्थ गतिलाई किन ब्रेकलगाइन भन्ने पच्छातापमा बल्झिरही। सोच्दै थिई ,किन मैले सबैले नदेखेको जस्तो गरी त्यो केटापार्टीमा लड्दा हिड्न सकिन ? किन मैले अन्जान केटो को फ्रेन्डसिप छिट्टै स्वीकार गरे ? किनउसले गरेका मेरा टिकटकका प्रसंशा लाइ हृदय देखी नै धन्यबाद दिएँ । यी कार्यहरु कही मेरै पनिगल्ति थियो कि ?

तर हैन ,मानबिय हरेक सम्बन्धलाइ बिपरित लिंगीय आकर्षणको चश्माले मात्र हेर्नु हुदैन । मैलेमेरो नैतिक जिम्मेवारीको धेरा नाघ्ने कुनै न प्रयत्न ,न उद्द्यम नै गरेको छु । यो त पुरुष सोचकोपरिणाम हो । उत्तर आफैले निकाली सन्ध्याले |.

दिन, हप्ता ,महिना बित्यो । जीवनको एक स्टाटसले उनीहरुको सम्बन्ध टुट्यो ।

बढो दुखी थियो जीवन |आफुले लेखेका शब्द हरु प्रति । हरेक पोस्टिंगको पलभर लाइक कमेन्टतुरुन्तै आइ हाल्नेमा आज यत्तिका महिना भइ सक्दा पनि सन्ध्याको कुनै प्रतिक्रिया नआउदा मनदुखी बनायो। आफुले आफैलाई अपराधिक करार गर्यो । त्यति अभिभाबकीय भूमिका गरकीउनलाई मैले चिन्न सकिन । तेती बिध्न निस्वार्थ प्रेम ,सोध पुछनी गर्ने मानिसलाइ मेरो एक सम्बोधनले टाडा बनायो ।

आज भाइटीकाको दिन !

धेरै घोत्लिएर प्रायश्चित मोडमा मन अमिलो बनाउँदै सन्ध्याको वालमा अर्को स्टाटस लेख्यो जीवनले।

प्यारी दिदी सन्ध्या

ढोग हजुरलाई !

मलाई माफ गरी दिनु होला । मैले हजुरको ममता लाइ चिन्न सकिन र हजुरलाई सही परिचयदिन सकिन । यसको पश्चाताप मैले दिन दिनै गरी रहेछु ।

आज भाइ टिका हजुरको शरणमा आए दिदी । कामी पुरुषको दोष लाइ आत्म देखी नै परित्यागगर्दै हजुर दिदीको न्यानो काँखमा भाइले आसिर्बाद थाप्दैछु । हजुरको जो मर्जी !

हुन् नसकेको उही अभागी भाइ जीवन !

दिदी आदरणार्थि नयाँ परिचय सँगै मानवता नमोरेको निस्कर्षले आखाँमा आँशु टल्बलाएसन्ध्याको ।
क्षण भरमा नै प्रति उत्तर लेखी ।

प्रिय भाइ जीवन

शुभ आसिर्बाद !

ढिलै सही ,तिमीले मानवताको मुल्य बुझ्यौ । नारीका स्नेहिल रुपको अर्थ बुज्यौ । धेरै धेरैधन्यबाद ! यस पाली त कोरोना कहरले भर्च्युअल नै भाइटिका लगाउनु पर्ला ,आजँ साँझ | तरअर्को बर्षको लागि चुले निम्ता है बाबु !

हर्षले दुबैले मेसेन्जर भिडियो खोले । सन्ध्याले टिका लगाई दिईन् । जीवनले आशिस थाप्यो ।दुबैका आखाँ रसाए । बगेका मोतिका दाना जस्ता आँसु पुछ्दै जीवनले बोल्यो |

दिदी आउँदो तीजमा लिन आउछु है ?”

सन्ध्याका हर्षका बहेका अविरल आँशुले धेरै पहिला नै मौन स्वीकृति दिई सकेको थियो |

दीपक पन्त

मिल्वाकी , अमेरिका

प्रतिक्रिया