कर्तव्य

दुर्गा दाहाल २०७७ मंसिर १ गते १८:३२ मा प्रकाशित

सोह्र वर्षे जवानीमा ज्ञान गुन, भुलेपछि
कर्तव्यको भुल हुन्छ, रसपान घुलेपछी ।
पुरा गर्नु कर्महरु ज्ञान निद्रा खुलेपछि,
पश्चात्ताप मात्र हुन्छ,यमपाशो झुलेपछि।।

ज्ञान गुन छहारीमा, ठसठस कन्नेहरू,
भ्रष्टाचारी फेटा गुथी, रातमै धनी बन्नेहरू ।
आर्यघाटमा छटपटाउँछन्, स्वार्थ मान्छे हुलेपछि
बैकुण्ठमा भेट हुन्छ, सत्य सँधै बोलेपछि।।

शुभदेखी साँझसम्म, सैयौँ बार भन्छन् हनी,
बिरालोलाई किस गर्छन्, कुकुरको आची पनि ।
जन्म दिने दाताहरू रुँदै बस्छन् छिँडिमुनी,
चिन्ता आँसु शूलबन्दै घोच्छन् पापी हज्जार जुनी ।।

उकाली र ओरालीमा जीवनको चक्र चलाई,
हजारौँले धोका दिए, झुटो बोलीबोली मलाई ।।
मृतिकामा वास हुन्छ, मशान् घाट जलाई जलाई
आफ्नो कर्म छोड्नेहरू, पापी जस्तो लाग्छ मलाई ।। २

-दुर्गा दाहाल

प्रतिक्रिया