नेपालमा एकैदिनमा ११९७ जना कोरोनाबाट संक्रमित ,२९३४ जना संक्रमण मुक्त

इनेप्लिज २०७७ मंसिर १ गते १२:२० मा प्रकाशित

नेपालमा एकैदिनमा १ हजार १ सय ९७ जना कोरोनाबाट संक्रमित भएका छन । तिहारको भाइटीकाका दिन देशभर ११९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिए अनुसार संक्रमितमा ४ सय ६२ महिला र ७ सय ३५ पुरुष रहेका छन । बितेको २४ घण्टामा २ हजार ९ सय ३४ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाम काठमाडौं उपत्यकामा ५ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल सम्म देशभर संक्रमितको कुल संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ रहेको छ । अब देशभर सक्रिय संक्रमित ३३ हजार ३ सय ७९ जना रहेका छन् ।

देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार २ सय ३० पुगेको छ । १ हजार १३ जना क्वारेन्टिन(स्वयम निगरानी )मा रहेका छन् भने संक्रमितमध्ये २८ हजार ३ सय ६० जना होम आइसोलेशन(गृह एकान्तवास )मा रहेका छन् । हाल मनाङ बाहेक अरु सब जिल्लामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया