‘माया लाउँ कि नलाउँ भो’को साथमा आए चुडामणि ( भिडियो )

इनेप्लिज २०७७ कार्तिक ३० गते १३:२७ मा प्रकाशित

बिर्तामोडमा बसेर गीत संगीत संगै अटो मोबाईल व्यवसाय क्षेत्रमा संलग्न गीतकार चुडामणि पौडेलको ‘माया लाउँ कि नलाउँ भो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर सुन्न सकिन्छ।गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको मुख्य भुमिका रहेको छ। भिडियो लाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन्। भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया