भाईटिका

रजनी मल्ल,न्यु जर्शी अमेरिका २०७७ कार्तिक २९ गते १८:०० मा प्रकाशित

आमाको कोख देखि नातामा बाधिएर आएका

अनि एउतै घर आगनमा खेलेर, हुर्केर, बढेका

अनि एउटै घर आगनमा खेलेर, हुर्केर, बढेका

संगसंगै रमाउदै, हात समाई स्कुल हिडेका

खेल्दा वर्दा झगड्दै, मिल्दै अघि बढेका

दिदीभाई को त्यो आत्मीय सम्बन्ध

सुर्य झैँ चम्किलो अनि आकाश झैँ अनन्त भै रहोस्

 

भाई टिकाको परिवेश भित्र हराउदै

ति सुन्दर बाल्यकालका सम्झना भित्र डुबुल्की मार्दै

आ आफ्नै संसारभित्र कोहि कहाँ, कोहि कहाँ रुमल्लिएका

ति दिदी भाइको आत्मियता समुन्द्रको गहिराई झैँ सधै प्रगाढ भै रहोस्

अनि मखमली फूल झैँ सधै ताजा भै रहोस्

जस्तोसुकै कठोर मौसम आएपनि

 

क्षितिज पारीको त्यो सुन्दर सप्तरंगी

इन्द्र धनु झैँ सधै सुन्दर भै रहोस्

कालो बादल आई छेक्न खोजे पनि

 

ओखर कटतुस झैँ सधै बलियो भै रहोस्

चट्टान नै आई फोड्न खोजे पनि

 

जन्मले गासिएको त्यो रगतको नातालाई

कुनै पनि स्वार्थले नछोवोस्

जस्तोसुकै परिस्थिति आएपनि

भाइको सुस्वास्थ्य र दिर्घायुको लागि

दिदीले कोरेको त्यो तेलको लकिर भित्र

सधै सुरक्षित भै रहोस्,

जस्तोसुकै परिस्थिति आएपनि

 

भाइको उन्नति र प्रगतिको लागि बालिएको त्यो

तेजिलो दीप सरि सधै प्रकाश छरिरहन सकोस्

जस्तोसुकै हुरीबतास आएपनि

 

दिदीको तर्फबाट सबै भाईहरुलाई ‘भाईटिका’ को उपलक्ष्यमा

यहि नै शुभकामना हुन सकोस्

जतिसुकै टाढा भएपनि।

प्रतिक्रिया