नेपालमा एकैदिनमा १ हजार ९ सय ४६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ९ सय ४६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ७ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । हाल सम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।
यसै गरि २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २ हजार ५ सय ३ रहेको छ । मन्त्रालयका अनुसार यो सहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६ सय ३२ पुगेको छ ।
नेपालमा हाल १ हजार ५७ जना क्वरेन्टिन(स्वयम् निगरानी )मा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएको छ भने कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार २ सय १५ पुगेको छ ।
प्रतिक्रिया