प्रदेश नं १ मा ७३६ सङ्क्रमित निको भए र ३६४ जना थपिए

इनेप्लिज २०७७ कार्तिक २८ गते २३:२२ मा प्रकाशित


विराटनगर,२८ कात्तिक।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन्।

उक्त अवधिमा एक हजार ७०५ जनाको पीसीआर परीक्षण गरिएकोमा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमितहुनेहरुमा मोरङमा १४२ मध्ये विराटनगरमा ८१,सुनसरीमा १०५, झापामा ६६,उदयपुरमा आठ,तेह्रथुममा पाँच, इलाममा चार,पाँचथर र सोलुखुम्वुमा तीन÷तीन,सङ्खुवासभा र धनकुटामा दुई÷दुई, ओखलढुङ्गा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका २२ जना रहेका छन्।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २३ हजार ४३४ पुगेको छ।यसप्रदेशमा आज ७३६ जना सङ्क्रसमत निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १७ हजार १५४ जना पुगेको मन्त्रालयले जनाएको छ ।प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३५४ जनाको पिसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ।

प्रतिक्रिया