किन बिर्सन्छौ?

-सोमनाथ घिमिरे, न्युयोर्क, अमेरिका। २०७७ कार्तिक २७ गते १०:०८ मा प्रकाशित

हे मानव, सुन त सुनै हो नि
नबिर्स न हो हिरा पाए नि।

अन्धकार मा लडीबुडी खेले नि
नबिर्स न जुनेली र पुर्णिमा का रात नि।

डल्लर $ त डल्लर नै हो नि
हामी सबैले कमाए नि,
नबिर्स न हो त्यो गुन पनि।

किन बिर्सन्छौं दुःखका दिन,
आज सुखमा रमाउँदै गर्दा नि।

इतिहास त इतिहास नै हो नि,
मेटिन्न जति मेट्न खोजे नि।

रातो रंगले तोक र रोक लगाए नि,
निलो रंगले शान्तिको बिगुल फुक्दै
अब इन्द्रेणी सधै वरपर झुल्कने छिन।

पैंतालीसले जति अहङ्कार गरे नि,
संस्कार र सभ्यताको जित जहिले नि।

कोरोनाले चुनौती दिए नि,
हामीले अवसर सम्झदै
जीवन शैली परिवर्तन गर्दै,
आफु बाँचौ र अरुलाइ बचाउ पनि।

-सोमनाथ घिमिरे, न्युयोर्क, अमेरिका।

प्रतिक्रिया