सामाजिक मनोविज्ञान : स्खलित सम्बन्धहरू

दीपक पन्त २०७७ कार्तिक २६ गते ०:३५ मा प्रकाशित

आदि काल देखि हेर्दै जाने हो भने मानब सभ्यताको बिकाससँगै मानब र जनावर पशुपंछी र जीवजन्तु बीच मित्रबर सम्बन्धहरू रहेका कथा /किम्बदन्तीहरू पढ्न /सुन्न पाइन्छ । हिन्दूधार्मिक ग्रन्थहरुलाई हेर्ने हो भने पनि मानब र जनवारको बीच एक सहयोगी सारथिको रुपमा घनिष्ट पारिवारिक सम्बन्ध देखिएको छ । भगवान शिवको बाहन साँढे , देवराज इन्द्रको हात्ती,देबी दुर्गा माँ को बाघ , श्री गणेशको छुचुन्द्रो ,श्रीहरि बिष्णुको गरुड आदि इत्यादि । चाँहे त्यो त्रेता युगका भगवान राम अवतारमा बाँदर जन्य जाति सुग्रीब, नल ,नील वा भालु जाम्बबान होस्या गिद्ध प्रजातिको सम्पाती होस् । उनीहरू बीच अथाह स्नेहील सम्बन्ध देखिन्छ । द्वापर युग सम्मआइ पुग्दा पनि भगवान श्रीकृष्णका बाल्यकाल गाईगोठ मै बितेको पाइन्छ ।

अब प्रश्न उठ्छ ? के कलि युगमा हिजो आज मानिसहरुका सम्बन्धहरु त्यति नै प्रगाढ छन् त ?

उत्तर सहजै आउँछ । छैन । रत्तिभर ,बिल्कुल छैन ।

मानब जातिको संम्बन्ध जनावरहरु सँग त के कुरा गर्नु ?

मानब /मानब बीच पनि दिँनानु दिन स्खलित हुदैँ गएको प्रष्ट देख्न सकिन्छ ।

आज भोलि हरेक सम्बन्धहरू बिकाउमा परिणत भएका छ्न। बरिष्ट राजनैतिक विश्लेषक डा. सुरेन्द्र केसीका बिचारमा “नेपालमा हरेक राजनैतिक पद पैसा , नाता /सम्बन्ध ,बिचार रअन्तराष्ट्रिय दबावमा बिकाउमा छ ।”

डा. केसीकै बिचार जस्तै आज मानब जातिका हरेक सम्बन्धहरु पनि बिकाउमा रहेका छन् । हरेक सम्बन्धहरू मुल्य तिरेर ल्याएको बजारिया बस्तु जस्तै निश्चित समयको उपभोग पश्चात बजारमा लिलामी गरिएको पाइछ । या कहिल्यै नचाहिने बस्तु झैँ डम्पिङ्ग साइटमा पुर्याइएको देखिन्छ ।

सग्ला अक्षरहरु स ब अनि ध को बीचमा जोडिएर पुल जस्तै आउँने अर्ध अक्षर हरुको जोड बाटबन्ने पूर्ण शब्द “सम्बन्ध” आफैमा एक पुल हो । दुई अक्षरहरुको मिलन हो । आहा ! कति राम्रोशब्द “सम्बन्ध” !

तर आजकल हरेक सम्बन्धहरु क्षणिक भएका छन् । सबै सम्बन्धहरु स्वार्थमुखी भएका छन् ।

कोही कसैसँग नजीक आउँनु वा सम्बन्ध जोड्नु भन्ने बित्तिकै त्यस भित्र राजनैतिक ,व्यापारिक,आर्थिक ,दलीय , क्षत्रिय,जातीय ,रंगीय ,यौनिक आदि /इत्यादि मध्य कुन प्राथमिकता दिएर आएको छ ? निहाल्नु पर्ने देखिएको छ ।

मानवीय सम्बन्ध त अब इतिहाँस भइ सक्यो । सबै निहित स्वार्थमा भन्दा एक कदम पनि सँगै हिड्ने अवस्थामा रहेको देखिदैन । सबैको दाऊ /उदेश्य यो भयो कि ? टार्गेटेड़ उदेश्य हाँसिल गर्ने । अनि सम्बन्ध तोड्ने । सम्बन्ध भत्काउने अनि नयाँ मुर्गा खोज्ने ?

तपाइँ /हामी सबैले यस्ता उदाहरणहरु आफ्नै जिन्दगीका भोगाइहरुका पानाहरू पल्टाउनु भयो भने अनगिन्ती उदाहरण हरु भेट्टाउँन सक्नु हुनेछ । सतहीमा जहाँ तहीँ यस्तै बिम्ब प्रतिबिम्बका प्रकृतिहरु मात्र देखा परि रहेको देखिन्छ ।

बीसौँ बर्ष सुरुङ्ग युद्ध साथ /साथै लडेका राज नेताहरु आज आ -आफ्नै पोल खोलाखोल गरेको देखिन्छ । हजारौ पर्दाहरुमा सँग संगै नाँचेका कलाकारहरु आज आ -आफ्नै नाक काट्न व्यस्त छन् ।

रिग रुट देखी बर्दीमा तारा टल्काउँदा सम्म सँगै सेल्फी लिएका लाल जोडीहरू फगत एक बढुवाका लागि एक अर्को सिध्याउने खेलमा छन् ।

यज्ञ कुण्डमा शंखध्वनि गुन्जायमान गरी पोतियाका सिन्दुरहरु ,आज अर्कै बाहुबलीको ललाट चुमिरहेका छन् ।

यो सब किन भइ रहेछ ?

किन मानिस यति बिध्न स्वार्थी भइ रहेछ ?

के यो जन्म जात हुने कुरा हो ?

वा यो एक मनोवृति हो । त्यो पनि पेन्डामिक कोरोना भाइरस जस्तै । छिट्टै सर्ने एक बाट अर्कोमा। एक देशबाट अर्को देशमा , एक महाद्विपबाट अर्को महाद्विपमा ।

निश्चित कार्य गरी सके पछि सबैमा “खोलो तर्यो ,लौरो बिर्स्यो ”भन्ने उखान यथार्थ बनाउन सबै लालायित देखिन्छ । कुनै क्षेत्र अछुतो छैन । चाहेँ त्यो राजनीतिक होस् या पारिवारिक वा प्रेमिल वा सँग साथीभाई ।

एकले अर्कोलाई पछार्नै पर्ने ? लड़ाउनै पर्ने ? हटाउनै पर्ने ? अहंमताको भुमरीमा सबै जकडिएको देखिन्छ । हरेक सबै सँग इगो प्रोबलम । कोही कसैको अस्तित्व स्वीकार गर्दैन । आफनै मन मर्जी। सबका सब सबैलाई रेस्पेक्ट चाँहिने । सबैलाई आफ्नो अगाडि राम भक्त हनुमानको झुण्ड चाँहीने । नभए सम्बन्ध टुक्रिन बेरै नलाग्ने । फाइदा / नाफा आफू लाइ मात्र चाँहिने । अरुलाई सँधैचोर औला मात्र देखाउँने , आफुतिर फर्केको तिनवटा औला को हिसाब नगर्ने ?

मन मिलिन्जेल मन ,मुटु र शरीर नंग्याउँने | अनि स्वार्थ सिद्द हुने बित्तिकै , कि बलात्कारको आरोपल गाइदिने ? कि सडकको बासमा पुर्याइदिने । अर्काको पाँए चुक पनि गुलियो सर्वत मानी धोक्ने , आफ्नो पर्यो भने कवाडी पनि नछोडी बोक्ने ?

यो खेल को भुमरीमा मानिस किन रुमल्लि रहेको छ ?

आज विश्वका हरेक क्षेत्रमा हरेक मानब सभ्यताहरु माथि यो कुरा यक्ष प्रश्न बनि तेर्सिएको देखिन्छ । यो कटु बास्तबिकतालाई जो कोहीले नजर अन्दाज गर्न सकेको पाइदैन ।

कबि शिरोमणि लेखनाथ पौडेलको कबिता जस्तो ।

“मैं खाँउ ,मैं लाँऊ ,

सकल सुख , मोज म गरूँ !

मै नाँचु मै बाँचु ,

अरू सब ,मरुन दुर्लबहरू !!”

अस्तु !

दीपक पन्त

मिल्वाकी , अमेरिका

प्रतिक्रिया