धनगढीमा ५० बेडको कोरोना उपचार भवन बन्ने

इनेप्लिज २०७७ कार्तिक २५ गते २३:१९ मा प्रकाशित

 

धनगढी,कार्तिक २५ ÷सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ५० बेडको थप एउटा कोरोना उपचार भवन निर्माण गर्ने भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले यसअघि निर्माण गरेको भवन नजिकै अर्को भवन निर्माणको तयारी गरिएको जानकारी दिएको हो।

मन्त्रालयको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले इन्जिनियर बोलाएर लागत र समय कति लाग्छ भन्ने विषयमा छलफल भएको बताए।

सेती प्रादेशिक अस्पतालमा अहिले कोरोना संक्रमितको उपचारका लागि उपचारका लागि ५० बेडको छुट्टै भवन बनाइएको छ।त्यहाँ सोमबार ५१ जना बिरामी राख्नुपरेको थियो। प्रादेशिक अस्पतालमा बेड अभाव भएपछि थप्ने प्रक्रिया अघि बढेको मन्त्रालयको भनाइ छ। भवन बन्न ढिला हुने अवस्था आए अस्पतालमै रहेको पुरानो भवनमा बिरामी राख्ने तयारी गरिएको कार्कीले बताए।

प्रतिक्रिया