प्रदेश नं १ मा आज ३६४ कोरोना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ कार्तिक २४ गते ११:५५ मा प्रकाशित

विराटनगर,२४ कात्तिक।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन्।उक्त अवधिमा गरिएको एक हजार ५४४ जनाको पीसीआर परीक्षणमा १४४ महिला र २२० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङमा १६३ मध्ये विराटनगरमा ९६,सुनसरीमा ८६,झापामा ६६,उदयपुरमा १३,धनकुटामा पाँच,पाँचथरमा चार,इलाममा तीन,संखुवासभा,ते¥हथुम, भोजपुर र खोटाङमा दुई÷दुई,ओखलढुङ्गामा एक र प्रदेश बाहिरका १५ जना रहेका छन्।यसप्रदेशमा कोरोना सङ्क्रमितको सङख्या २२ हजार १९८ पुगेको छ।

प्रदेशमा आज ६२८ जना सङ्क्रमित निको भै घर फर्केका छन् भने अहिलेसम्म निकोहुनेको सङ्ख्या १४ हजार ८०१ पुगेको छ।प्रदेशमा हालसम्म एक लाख ७२ हजार ४९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया