प्रदेश नं १ मा ६०० सङक्रमित निको भए ,२१९ थपिए

इनेप्लिज २०७७ कार्तिक २३ गते १४:११ मा प्रकाशित


विराटनगर,२३ कात्तिक।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २१९ जना कोरोना सङ्क्रमित थपिएका छन्।उक्त अवधिमा गरिएको ९७६ जनाको पीसीआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङगमा १०३ मध्ये विराटनगरमा ४८, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई÷दुई पाँचथर, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन्।यसप्रदेशमा सङ्क्रमितको सङ्ख्या २१ हजार ८८४ पुगेको छ।

प्रदेश आज ६०० जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १४ हजार १७३ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७० हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया