बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०९:४६
वासिङटन डिसी 23:01

‘सुनन’मा उषा र आकाशको रोमान्स ( भिडियो )

इनेप्लिज २०७७ कार्तिक २३ गते १३:५६ मा प्रकाशित

 

काठमाडौं । गायक सुशील श्रेष्ठ ‘जुजु’ को बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ।

प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजु’ को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ। यस गीतलाई स्वर्गीय आशिष तामाङले संगीतवद्द गरेका हुन्।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेती र प्रकाश जिसी फिचर्ड छन्। भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ। टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन्। काजी बहादुर श्रेष्ठ उत्पादक रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो। गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘ जुजु क्रियशन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

गीत संगीतमा अत्यन्त लगाव राख्ने प्रतिभाशाली कलाकार स्वर्गीय आशिष तामाङ प्रति श्रद्धां सुमन अर्पण गर्दै निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् सम्पूर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन्।

प्रतिक्रिया