विराटनगरमा थप एक सय बेडको एचडिओ एवं अक्सिजन सहितको कोरोना उपचार केन्द्र

मनोज दाहाल २०७७ कार्तिक २३ गते ६:२६ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२३ कात्तिक।प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्त रुपमा कोरोना सङक्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन विराटनगरमा एक सय बेडको एचडिओ र अक्सिजन सहितको अस्पताल(उपचार केन्द्र) तिहार आगाडि सञ्चालन हुने भएको छ।

प्रदेश सरकारको रु दुई करोड, विराटनगर महानगरपालिका रु २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्रको हाताभित्र सुविधा सम्पन्न एचडिओ र एयरकण्डिशन सहितको एक सय वेडको केन्द्र निर्माणको कार्य द्रुतगतिमा अगाडि वढीरहेको छ।

प्रदेशका लक्षण सहितका सङ्क्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज उपचार केन्द्रको अनुगमन पछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै निर्माण भइरहेको उपचार केन्द्रबाट सङक्रमितहरुको उपचारमा सहज हुने बताउदै प्रदेश सरकारद्वारा सञ्चालित सवै अस्पताल र केन्द्रमा सङ्क्रमितको उपचार निःशुल्क हुने बताउनु भयो।

उहाँले सङ्घीय , प्रदेशले संयुक्त रुपमा यस केन्द्रको हाताभित्र थप एक सय बेडको भेन्टिलेटर सहित विशिष्टकृत सेवा सहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र शुरु गर्ने र झापाको मेची अस्पतालमा ५० बेडको भेन्टिलेर सहितको केन्द्रका निर्माण भइरहेको जानकारी दिनु भयो।

मन्त्री घिमिरेले सङक्रमणबाट वच्न नागरिकहरु आफ्, परिबार र समुदायको हितको लागि स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्नु भयो।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले सङ्क्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताउदै नयाँ निर्माण हुने भेन्टिलेर उपचार केन्द्रमा २० बेड सहयोग गरेको बताउनु भयो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया