शुभकामना

निलु झा खतिवडा डेलावर , यू एस ए २०७७ कार्तिक २२ गते १६:४७ मा प्रकाशित

पापको घडा भरेपछि , सत्य को जीत हुदो रहेछ भनेर सिद्ध भयो,
शिक्षा, बुद्धि, विवेक र अनुभव बिना को ज्ञानमा मुर्खता र अहंकार मात्र थियो ।
संस्कार माथि बाट तल आउने भएर होला, बिगत चार बर्ष तनाव ले भरिएको थियो,
यस्तो पनि लामो रात न निदाई कन बित्यो।

लेख्नु त धेरै मन छ, तर रोक्दै छु आफ्नो भावलाई
हर्षको क्षणमा न कोट्याउ पुरानो घाउलाई ।
आज एउटा दृढ संकल्प गरौ, अबको बाटो मिलेर हिडौ,
गन्तब्य फरक भएनि आउने समयलाई बलियो बनाउ ।

बधाई दिन्छु म हरेक आमालाई,
हेरौ त आशा को किरण हरेक बच्चाहरु को अनुहार मा ।
बधाई दिन्छु म हरेक कर्मयोगी लाई,
बदल्न सक्यौ भाग्य अडेर आफ्नै कर्तब्य र निष्ठाबानमा ।

अब निर्धक्क भएर सास फेर्न सकिन्छ होला,
अरु देश र जनता ले पनि अनुसरण गर्छन होला ।
विश्व बाटनै हेप्ने र होचाउने प्रबृति भगाइ देउ ,
इश्वर का सन्तान सबै हामी आदर र सम्मान देउ।

आज को यो जित ले छुटै इतिहास रचेको छ,
मै खाऊ मै लाउ भन्ने लाई मिठो जवाफ दिएको छ ।
अब आउने दिनहरू उत्कृष्ट रहुन, यहि छ मेरो कामना ,
बाइदेन र हारिस लाई धेरै धेरै बधाई तथा शुभकामना।

निलु झा खतिवडा
डेलावर, यु एस ए

 

 

प्रतिक्रिया