मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०४:१३
वासिङटन डिसी 17:28

बेलायतमा तयार भएको राजेशपायलको गीतमा घरदेशको सम्झना, हेर्नुहोस् भिडियो

इनेप्लिज २०७७ कार्तिक २२ गते ८:५४ मा प्रकाशित

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईर गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । निलमको संगीतमा रहेको गीतका शब्द शृजना आलोक चाम्लिङ राईका रहेका छन् । प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथालाई जस्ताको त्यस्तै देखाइएको गीतको निर्देशन शन्त कुमार राईले गरेका हुन् ।

सरु राना गुरुङको कोरियो ग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् । नेपालको याद मुटुभरि बोकेर परदेशी भूमिमा आफ्नो श्रम बेचिरहेको नेपालीहरुको कथा आफ्नो देश कला र संस्कृति र माटोको माया भएर पनि वर्षौंदेखि जन्मभूमी देखि पर रहेर बाच्नुपर्ने बाध्यता र देश प्रतिको मायालाई टपक्क टिपेर देखाइएको भिडियो बेलायतका मुख्य पर्यटकीयस्थलहरुमा छायांकन गरिएको हो ।

भिडियोको छायाङ्कन बेलायतमै बसेर लामो समयदेखि व्यवसायिक रुपमा फोटोग्राफी तथा भिडियोग्राफी साथै डिजाइनर समेत रहेका सुमन श्रेष्ठले गरेका हुन् । निर्देशक राई नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च, केहि टेलीशृंखल फिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत पुगेर आफ्नो कर्ममा निरन्तर लागेका छन् । केही टेलीशृंखला समेत निर्देशन गरेका राईले पहिलो वाम्बुले भाषाको चलचित्र ढ्वाङ्कुमका निर्देशक समेत हुन् ।

प्रतिक्रिया