प्रदेशमा ४०१ जना कोरोना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ कार्तिक २० गते २२:१८ मा प्रकाशित


विराटनगर,२० कात्तिक।पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४०१ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सोही अवधिमा ५९५ जना डिस्चार्ज भएका छन्। आज सङ्क्रमितमा १५९ महिला र २४२ पुरुष छन्।

थपिएका सङ्क्रमितमा मोरङमा १३४ मध्ये विराटनगरमा ६३,झापामा ११८, सुनसरीमा १०२, उदयपुरमा १५,धनकुटामा ११, इलाममा तीन,संखुवासभामा दुई, तेह्रथुममा एक र प्रदेश बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८०२ पुगेको छ भने अहिलेसम्ममा १२ हजार ८०२ जना निको भएर घर फ,र्किएका छन्।

यसप्रदेशमा सोही अवधिमा एक हजार ४६३ जना सहित अहिलेसम्ममा एक लाख ६६ हजार १०३ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया