भैतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरा द्वारा तीनवटा खानेपानी आयोजनाको शिलान्यास

इनेप्लिज २०७७ कार्तिक १९ गते २३:४३ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, कात्तिक १९÷कञ्चनपुर जिलाको वेदकोट नगरपालिकामा बुधबार तीन वटा वडाका खानेपानी आयोजनाहरुको एकसाथ शिलान्यास गरिएको छ।

जनतालाई स्वच्छ,सफा पिउने पानीको सुविधा प्रदान गर्ने सोचका साथ थालनी हुन लागेका तीन वटा आयोजनाको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले भावर क्षेत्र खानेपानी सुधार कार्यक्रमअन्तर्गत चुरे भावरसँंग जोडिएका वडाका खानेपानी ट्यांकी निर्माणको शिलान्यास गरेका छन्।

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले वेदकोट– ३ को भम्कामा दैजी खानेपानी आयोजना,वडा नं ४ को विजयनगर बगुनमा शिवलिङ्ग खानेपानी आयोजना र वडा नं ५ को धरमपुरमा धरमपुर खानेपानी आयोजना शिलान्यास गरिएको जानकारी दिएका छन्।

उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बोहराले स्वच्छ पिउने पानीको समस्यालाई मध्यनजर गर्दै समयमै आयोजना निर्माणको काम सकेर चुरेभावरका नागरिकलाई स्वच्छ खानेपानी घरदैलामा पु¥याउन आग्रह निर्देशन समेत दिएका छन्।

जनताले स्वच्छ पिउने पानी नपाएर विभिन्न रोगको प्रकोपको सामना गर्नुपर्ने अवस्थाको अन्त्यका लागि पनि जनताले स्वच्छ पिउने पानीको सुविधा पाउनु पर्नेमा प्रदेश सरकार लागि परेको समेत मन्त्री बोहराले बताएका छन्।

उनले भने– जनताका आधारभूत आवश्यकता भित्रको स्वच्छ पिउने पानी पनि एक भएकाले कुनैपनि नागरिकले पिउने पानीको असुविधा भोग्न नपरोस् भन्नका लागि सुदूरपश्चिम प्रदेश सरकार चिन्तति रहेको छ।

सो अवसरमा वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले शिलान्यास गरिएका खानेपानी आयोजना सम्पन्न भए सो क्षेत्रका अढाइ हजारभन्दा बढी परिवार लाभान्वित हुने बताएका छन्।पिउने पानीको अभाव झेल्दै आईरहेका तीन वटा वडाका जनता गाउँमा स्वच्छ पानीको सुविधा प्राप्त हुने भएपछि खुशी देखिएका छन्।

१२ करोड २० लाख ६१ हजार लागतमा निर्माण हुने आयोजना सम्पन्न गर्न १८ महिनाको अवधि दिइएको छ।

प्रतिक्रिया