गीत मार्फत आफ्नो ब्यस्त जीवन बताउंदै गायक ज्ञान सुब्बा

इनेप्लिज २०७७ कार्तिक १७ गते २२:५७ मा प्रकाशित

धरान / आधुनिक गीतहरु गाउन मन पराउने गायक ज्ञान सुब्बा बिगत ५ बर्ष देखि लगातार आफ्ना गीतहरु नेपाली सांगीतिक आकाशमा निरन्तर पस्किरहेका छन् I हुनत् अढाई दशक अघिदेखिनै धरानको सांगीतिक माहोलमा हुर्किएर संगीतको सारेगमापामा निखारिएका गायक ज्ञान सुब्बाले त्यो समयमा पनि एउटा एल्बम बजारमा ल्याएका थिए I तर आफुलाई चित्त नबुझेपछि दर्शक -श्रोताहरुलाई समेत सुनाउन हिच्किचाउने गायक ज्ञान सुब्बा करिब दुई दशक सांगीतिक अभ्यासमा भनौ या त संगीतमा भबिष्य नदेखेर हो आफुलाई आफ्नै संसारमा भुलाएर एक्काशी देखापरेका थिए “तिम्रो प्रतिक्षा ” एल्बमका साथ् आफ्नो खारिएको आवाजका साथI

” हिउँदोको घाम जस्तै “बोलको उक्त एल्बम को गीतले राम्रै चर्चा बटुल्यो I पल शाह र अलिशा राईको जोडी पनि सोही गीत मार्फत स्टारका रुपमा उदाए I अहिले आएर उनले नयाँ गीत म्युजिक भिडियो सहित आफ्नै युट्युब च्यानल “ज्ञान सुब्बा ‘ मार्फत सार्वजनिक गरेका छन् I ”

ओ ब्यस्त जीवन एकै छिन् पर्खि “बोल रहेको गीत रबिन बान्तवा खावोहंग राईको शब्द -संगीतमा उनले आफ्नो मधुर आवाजले गीतमा पूराका पुरा न्याय गरेर गाएका छन् I कर्मथलोको रुपमा हंगकंगमा बसोबास गर्ने गायक ज्ञान सुब्बा र गीतकार /संगीतकार रबिन बान्तवा खावोहंग राईको आफ्नै ब्यस्त जीवनलाई गीत- संगीत मार्फत उजागर गरेको अनुभव यसका प्रत्येक शब्दहरुले बताउंछ I म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले सुन्दर गीतलाई निक्कै आकर्षक रुपमा भिडियोमा उतारेका छन् I नायिका छुल्ठिम गुरुङ्ग , बालकलाकार सरगम राई र निर्देशक पाख्रिन स्वयंको अभिनय दमदार छ I गीत संगै भिडियोले पनि सबैको मन छुनेछ I

समग्रमा सम्पूर्ण रुपमा एउटा आफ्नै कथा हेरिरहेकोर सुनिरहेको पाउनुहुनेछ अधिकांश दर्शक – श्रोताहरुले I

भावना रेकर्डिङ्ग स्टुडियो धरानमा रेकर्ड गरिएको तथा गोपाल रसाइलीको संगीत संयोजन र मिन बिस्ट को मिक्सिङ्ग तथा बुद्ध थापाको छायांकन , सुशील न्यौपानेको सम्पादन उक्त भिडियोमा रहेको छ I

प्रतिक्रिया