आइतबार, साउन १० २०७८
काठमाडौं ०६:०४
वासिङटन डिसी 20:19

प्रताप ,एन्जिला र मिस्टर आरजेको ‘प्रेमिका’ सार्वजनिक (भिडियो )

इनेप्लिज २०७७ कार्तिक १७ गते २२:४५ मा प्रकाशित

डान्स स्टुडियो ”डी वाक”को निर्माणमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीत ‘प्रेमिका’मा डी पी खनालको शब्द र भिम बि सी को संगीत रहेको छ । बद्री बिस्ट र रियाषा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी वाक र नेपाली ठिटोज टिमले साथ दिएका छन।

बद्री बिस्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बनाइरहेको भिडियो निर्माता डी वाक’ले यो भिडियोलाइ पनि पहिलाको भिडियो हरुलाई जस्तै युवायुवतीहरुले मन पराउने विश्वास लिएको छ।

प्रतिक्रिया