६ वर्षपछि फरार अभियुक्त पक्राउ

वीरेन्द्र रावल २०७७ कार्तिक १७ गते २२:३३ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, कात्तिक १७÷कैलालीमा वन मुद्दामा फरार एक अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन्।रु. दुई लाख एक हजार ९६० जरिवाना भई वन मुद्दाका फरार भजनी नगरपालिका ९ भुरुवाका ४७ बर्षिय छेदु राजीलाई प्रहरीले पक्राउ गरेको हो।

कैलाली जिल्ला अदालतको २०७१ वैशाख १७ गतेका फैसलाले उनलाई ३ महिना कैद र रु. दुई लाख एक हजार ९६० जरिवाना गरेको थियो।जरिवाना तोकेपछि उनी फरार भएका थिए।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिइएको प्रहरी टोलीले राजीलाई आइतबार साँझ उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताउनुभयो।

राजीलाई कैलाली जिल्ला अदालतमा दाखिला गरिएको उहाँले जानकारी दिनुभयो ।

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया