नर्थ क्यारिलोना, ३१ अक्टोबर । सुक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाएका प्राडा अच्युत शर्मा पछिल्लो समय नेपाली गीत संगीतमा उदाएका छन् ।
शर्माको ‘धर्ती टेकी, आकाश हेरी” बोलको आधुनिक गीत लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा यु ट्युबमार्फत् हालै सार्वजनिक भएको छ । यो गीतमा संगीत खेम विश्वकर्मा र पुस्कर सुनुवारको रहेको छ भने संगीत संयोजन पुस्कर सुनुवारले गरेका छन् ।
मानव जीवनको दार्शनिक पक्षलाई उजागर गर्ने गरी सकारात्मक सोचका साथ गीतकार डा अच्युत शर्माले यो गीतको सिर्जना गरेकाछन् । खुशी र आनन्द मानिसले आफैभित्र खोजे मात्र पाउन सक्छ भन्ने मुल भाव रहेको यो गीतका लाइनहरु जति पटक सुन्यो त्यति गहिरो अर्थ दिने खालका छन । सङ्गीतकारद्वय खेम-पुस्कर साङ्गीतिक बजारमा अर्थ न बर्थका गीतहरु हाबी हुदै गएको अवस्थामा यस्तो गम्भिर प्रकृतिको गीत आउनु निक्कै खुशीको कुरो भएको बताउँछन् ।
डा शर्माका यस अघि पनि राजेशपायल राइ र हिमालसागरको स्वरमा राष्ट्रिय गीतहरू बजारमा आइसकेका छन ।
“धर्ती टेकी, आकाश हेरी” गीत सुन्नको लागि लिंक-
प्रतिक्रिया