क्षयरोग (टिबी रोग) बारे भ्रम र बास्तबिकता (भिडियो)

इनेप्लिज २०७७ कार्तिक १५ गते १४:११ मा प्रकाशित

 


क्षयरोग अर्थात टिबी नेपालीहरुमा लाग्ने धेरै रोगहरु मध्ये एक हो।बिशेषत् धुम्रपान र अन्य कारणका बाट यो रोग लाग्ने गर्छ।कुनै जमाना थियो टिबीका कारण धेरै मानिसहरुको मृत्यु हुने गर्थियो।पछिल्लो समय टिबीको उपचार सरकारले निःशुल्क गरेको छ र नियमित औषधी सेवन गर्दा टिबी पुर्ण रुपमा निको हुन्छ।

टिबी एक सरुवा रोग भएकाले यसबाट बच्न जरुरी रहको डा.प्रबिण घिमिरे बताउनुहुन्छ।क्षयरोग उपचार केन्द्र गण्डकीका निमित्त निर्देशक समेत रहनु भएका डा.प्रबिण घिमिरेका अनुसार टिबीरोग सामान्य भएपनि यसबारे सचेत रहनुपर्नेमा जोढ दिनुुहुन्छ।हेर्नुहोस् टिबी रोगका भ्रम र यथार्तबारे डा.प्रबिण घिमिरेको भनाई।

प्रतिक्रिया