सहिमाको “ओक्कल दोक्कल” युट्युब न. १ ट्रेण्डिङमा पर्न सफल (भिडियो सहित)

इनेप्लिज २०७७ कार्तिक १४ गते ९:३८ मा प्रकाशित

काठमाडौं : चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित “ओक्कल दोक्कल” को म्युजिक भिडियो युट्युब न. १ ट्रेण्डिङमा परेको छ। भिडियो सार्बजनिक भएको छोटो समयमा लाखौ दर्शक श्रोताहरुको माया बटुल्न सफल भएकोमा गायिका सहिमा श्रेष्ठ अहिले दङ्ग छिन। नेपाल देखि विदेश सम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सँधै ब्यस्त रहने गायिका लकडाउनमा समेत दर्जनौ गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा रहिन। दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गायिका सहिमा र गायक सन्दिप न्यौपाने पछिल्लो समय चर्चामा रहेका छन्। बालापनको यादलाई ताजा गराउंदै उनीहरुले दशैं कोसेली स्वरुप नवमीको दिन भिडियो रिलिज गरेका हुन्।

नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पूर्ण नेपाली गीत संगीतको पारखीहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि गायिका श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गित सांगीतिक बजारमा लिएर आएका हुन् ।

गायक सन्दिप न्यौपानेको शब्द तथा गोबिन्द मधुर आचार्यको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार पवन सुसलिङले छायांकन गरेका हुन् भने सरोज अधिकारिले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया