कविता : मन ,वृक्ष र प्रेम

दीपक पन्त २०७७ कार्तिक ८ गते २१:४५ मा प्रकाशित

 


पतझड वृक्ष भित्र पनि स्नेहिल नजरले नियाल्दा

सयौ मानब रुपी प्रेमपुञ्ज देखिदो रहेछ !

बाटो भौतारिएको अनन्य यात्रामा हिड्दा पनि

नयाँ गोरेटो नयाँ शहर अनि नयाँ!!गन्तब्य बन्दो रहेछ !!

उन्मत्त आणविक शक्ति भण्डारले संसार हाक्छु भन्दा पनि

नाथे अदृश्य जैबिक हतियारको बन्धक बन्नु पर्दो रहेछ !

उजाड रूख भित्रको हाँगा/ हाँगा भित्र पनि आफन्तहरु देख्न नसक्दा

बजारी बिम्बहरू को सन्दुक खोल्नु पर्ने रहेछ !!

सादगी मनले दृष्टिचर गर्दा अमूर्त वृक्षको पत्रै पत्र भित्र पनि

बा /आमा, इस्ट /मित्र सबै मायाँ संग्रह हरु देखिने रहेछ !

बिकाउहरु कालो धनको बर्षाले लेपन गरे पछि

प्रीतिको स्नेही हात

र प्रियाको माधुर्य साथ पनि छेकिने रहेछ !!

 

दीपक पन्त

मिल्वाकी , अमेरिका

प्रतिक्रिया