कविता -दशैैं

सीता ओझा अध्यक्ष ,महिला अध्ययन केन्द्र २०७७ कार्तिक ७ गते १७:०१ मा प्रकाशित

दशै,
मनमा आशाहरू अङ्कुराउदा
बाल्यकालको दशैको खुबै याद आउछ
लिङ्गे र रोटे पिङ्गमा झुलेर
आमा बाको दिमाग चाटेकोले कुराले
निकै स्थान पाउछ
————————————
दशैको नाममा
अहिले आफैंले पुर्याउनु पर्दाको
अभावको यादले कहालि लाग्छ
एउटा नफर्कदै,अर्को गर्भ
तुहिएला भनेर डर लाग्छ
सपनाको आशाले होइन
निरासा नै झाँगिएको हो कि !
डर लाग्छ !
त्यहीँ भएर होला ! हतारिएर,
शुभकामना भन्न पनि अत्यास लाग्छ

———————————-
दशै,
नियमको लगाम होइन
ठुलाहरूको बोलीको ठेगान
नभएको बेला यसो र उसो भनेर
कचिंगल गर्दा सांस्कृतिक पर्व
टिकै हराउला कि ! डर पनि लाग्छ
बजारमा समानको मोलतोल गर्दा
दशैंको नाममा,बजारैबाट लुटिन्छ कि !,
कोभिडको संक्रमण आफैंतिर सर्छकी !
निकै अत्यास लाग्छ
गरिब र रोजगारीहराएकाहरूको
घरको दाल र चामल हराएकाहरूको
खुसी हराउछ कि भन्ने कुराले
खाने,लगाउने जुटाउन डर लाग्छ
त्यसैले होला
अभावमा बाँचेकाहरूलाई
शुभकामनाको है भन्न पनि डर लाग्छ

————————————
दशै,
दुनियाँ प्रविधिले साँघुरिएको बेला
सञ्जालले सबैलाई बाँधी रहेको बेला
विश्वभरका सबै चाडपर्वहरू
काला गोरा र गहुँगोरा सबैकालागि नै हुन्न है,
भन्न मन लाग्छ ।
समानता,न्याय,सत्य र निष्ठा बेचिएको बेला
परिवर्तनको नाम बेचेर
सम्वृद्दिको सपना बाँड्नेहरू विच
अन्तरकलह बढेर चिन्ह,चिनाउने हटको
शित युद्द बढेको बढै छ जस्तो लाग्छ ।
यस्तो बेला,घरभित्र र छिमेकका
म र तपाइँ जस्ताको मनोविज्ञानमा
सु दृष्टि पलाउछ कि पलाउदैन
हेर्न अझै बाँकी नै छ
त्यसैले, आफैंभित्र
शुभकामनाको मनोविज्ञान
जगाउन पनि समय लाग्छ
————————————
विश्वभर दौडिरहेको
कोभिड – १९ को महामारीले
घरैभित्रै बसेकाहरूलाई नै
त्रसित र आहात बनाएको बेला
दुर्गा भवानीको आर्शिवाद सगैं
संक्रमित भएर घरभित्र पस्ला कि !
भन्ने कुराको डर लाग्छ ,
यस्तो महामारीमा
हिडडुल,किनमेल र आर्शिवादका
कुरा नगरि प्रविधि प्रयोग गरेर
आशिर्वाद लिएकै बेस हुन्छ
बरू, भिडभाड नगरि
टिकटकबाटै आशिर्वाद दिएको ठिक हुन्छ

——————————————-
दशैं
मन निचोरे ,लुटेर,कुटेर,मानिसको दिमाग भुटेर
भए पनि जुटाउनै पर्ने
हुनेहरूले खाने कुरा र लाउने लुगा
मिल्काउन पनि पुर्याउने
नहुनेले मागेर भए पनि देखाउन पर्ने
दशैं,दसा हो कि नसा बुझ्न नसक्ने
अवस्था दिनदिनै बढेको बढैछ,
कोभिडको महामारीले संसार आक्रान्त
भएकोले सबैले घरैमा बसेर
दशैं मनाउने,चडाउने र पुर्याउने
गरे नै निरोगी भएर बाच्न पाइएला
भनेर सबैलाई पुन : शुभकामना !
भन्न मन लागेको छ
———————————–

कोभिडको महामारीभित्र पनि
मानव मस्तिष्कले सत्य र असत्य बुझेर
सामाजिक न्यायको निम्ति अघि बढोस्
फरक मत र मन नपर्नेलाई
निषेध गरेर होइन, सहकारीमा मन सङ्लिएर
घरपरिवार,समुदाय र विश्वभर
स्वस्थ जनजीवन,सुख,शान्ति र सम्वृद्दि
भित्र्याउने भावनाको विकास हुन सकोस्
राजनीतिभित्रको अन्तरकहल सुधारिएर
विकास र निकासका ढोका खुल्ने
सहज वातावरण बनोस्
मपाँइत्व, हडप्याई ,घात र अन्तरघातका
श्रृङखला हटेर, विधि,विधानको पालना गर्न
सबैको सदवुद्दि जागोस्
लुट,फुट,भ्रष्टाचार र बलात्कार हटोस्
बोलचालमा प्रयोग गरिने
पछौटे चिन्तनका शब्द बडाइ घटुन
निहत्था र कम्जोरको बोली विकोस्
चाकडी र चाप्लुसीबाट प्राप्ति गर्ने
पदिय अवसरवाद र अमानवीय चरित्र घटेर
योग्यता ,शिष्टता,क्रियाशीलता
सहित क्षमताको पहिचान गर्ने
भाइचारा बढोस् ,
आवश्यकता,अधिकार र प्रतिनिधित्व गर्ने
मैत्रीपूर्ण वातावरण बनोस्
धन,जन र समाजमा
ख्याति, विज्ञता र अनुसन्धानले
आफ्नु धर्तीलाई विश्वले चिनोस्
महामारीको संक्रमणबाट वचन
घरमै सुरक्षित बस्न, बाहिर निस्कदा
मास्क लगाउन,सेनेटाइजर र साबुनपानीले
हात धोइरहन उत्प्रेरण मिलोस्
विजया दशमीको शुभकामना !!!

प्रतिक्रिया