‘डार्लिङ तिमी बांलाः’ सार्वजनिक

इनेप्लिज २०७७ कार्तिक ६ गते ११:१३ मा प्रकाशित

अभिनेत्री पुजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको नेपाली, नेवारी, स्पेनिश फ्युजनमा आधारित गीत डार्लिङ तिमी बांलाःसार्वजनिक गरिएको छ। सन्तोष विक्रम खड्गीको स्वरमा रहेको उक्त गीतको भिडियो स्वयं खड्गीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

अभिनेत्री पुजा शर्मा पहिलोपटक नेवारी भेषभुषामा देखिएकी छिन् । गीत सार्वजनिक भएपछि पुजाले भनिन्,‘पहिलोपटक यस्तो किसिमको गीतमा काम गरेँ,वास्तबमै मज्जा आयो।’

यो गीतको भिडियो ललितपुरको मंगलबजारमा छायांकन गरिएको हो।२ दिन लगाएर खिचिएको गीतको भिडियोमा पुजा र सन्तोषको केमेस्ट्रि निकै सुहाएको छ ।नायक सन्तोष विक्रम भन्छन्,‘दर्शकले पहिलोपटक यो किसिमको गीत हेरेको हुनुपर्छ । गीत र भिडियो निर्माणमा निकै मिहेनत गरेकाले पनि दर्शकले सहर्ष स्विकार्नेमा म विश्वस्त छु।’

गीतको भिडियोलाई अहिलेका व्यस्त तथा चर्चित चलचित्र सम्पादक शाहिल खानले निर्देशन गरेका हुन्।उनका लागि पनि यो गीतको भिडियो चुनौतिका रुपमा बजारमा आएको छ।किनभने,यसअघि उनले कुनै गीतको निर्देशन गरेका छैनन्।गीतबारे शाहिल भन्छन्,‘गीत असाध्यै मन परेरै मैले निर्देशन गर्न राजि भएको हुँ।यो गीत सफल हुन्छ भन्नेमा म ढुक्क छु।’

निर्मल विकको रिरिक्स,म्युजिक तथा विजेश्वरको एरेन्जमा समेटिएको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी,राजेन्द्र मोक्तानको रङ संयोजन, सुदीप बरालको छायांकन रहेको गीतलाई मिलन श्रेष्ठ र शाहिल खानले संयुक्त रुपमा सम्पादन गरेका हुन्।

https://www.youtube.com/watch?v=c3nVbZWxCp8

 

प्रतिक्रिया