बडा दशैं : २०७७

समृद्धी भट्ट २०७७ कार्तिक २ गते १७:२३ मा प्रकाशित

सबै जना भन्दछन् दशै आयो दशै आयो ।
गाउँ शहर सबै तिर खुसियाली छायो ।।

घर आँगन रङ्गी चङ्गी पिङ चोक चोकमा छ ।
रातो टिका जमरा लगाई उफ्री खेलौं खेलौं भा छ ।।

साथी भाई भेट्यो, खेल्यो, हास्यो, बोल्यो, रमायो ।
यो दशैले सबैका घर घरमा रमाईलो बनायौ ।।

दशै मलाई सबैभन्दा मन पर्ने पर्व हो ।
घुमी फेरी आयो दशैै, रमाईलो गर्ने हो ।।

यो वर्षको दशैं घर भित्रै बसेर रमाईलो गर्ने हो ।
कोरोना संग आफु बच्ने हो अरुलाई पनि बचाउने हो ।।

समृद्धी भट्ट
कक्षा : ६
बुढानिलकण्ठ स्कूल

 

 

 

प्रतिक्रिया