प्रदेश प्रमुख अधिकारीद्वारा विजया दशमी शुभकामना

इनेप्लिज २०७७ कार्तिक १ गते १६:३१ मा प्रकाशित

विराटनगर, १ कात्तिक । प्रदेश नं.१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कोरोनाको कहरबाट सबैलाई मुक्ति मिलोस् भन्ने कामना गर्नु भएको छ।

प्रदेश प्रमुख अधिकारीद्वारा आज जारी शुभकामना सन्देशमा नेपालीहरुको महान चाड विजया दशमी,शुभ दीपावली, छैठ लगायतका पर्वको अवसरमा कोरोना भाइरसले आक्रान्त पारिरहेको अवस्थामा चाडपर्व मनाउनुपर्ने अवस्था आएको उल्लेख गर्नु भयो।

उहाँले सन्देशमा चाडपर्व मनाउँदा सावधानी अपनाउनुपर्ने र स्वास्थ्यलाई ख्याल गर्नुपर्ने विषयमा पनि जोड दिनुभएको छ।

कोरोना भाइरसले आक्रान्त पारिरहेका बेला चाडपर्व मनाउँदा अत्यन्तै सजग हुनुुपर्नेमा जोड दिदै प्रदेश प्रमुख अधिकारीले चाडपर्वले आपसी सामाजिक सदाचार,मेलमिलाप,भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास सन्देशमा उल्लेख गर्नु भएको छ।

प्रतिक्रिया