प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु, ४८१ सङ्क्रमित थपिए

इनेप्लिज २०७७ कार्तिक १ गते १६:२६ मा प्रकाशित

 

विराटनगर,१ कात्तिक।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।यसरी मृत्यु हुनेहरुमा झापामा तीन, मोरङ र सुनसरीमा एक ÷एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।हालसम्म मृत्यु हुनेको सङख्या १२९ पुगेको छ।

प्रदेशमा सोही अवधिमा ४८१ जना कोरोना सङ्क्रमणका विरामी थप भएका छन ।उक्त अवधिमा गरिएको एक हजार ४५० जनाको पीसीआर परीक्षणमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

यसरी थप हुने सङ्क्रमितहरुमा विराटनगरमा १२४ सहित मोरङमा १९५, सुनसरीमा १७०,झापामा ७२,संखुवासभामा १५,इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३ हजार १८३ पुगेको छ।

हालसम्म एक लाख ४५ हजार ३८३ जनाको पीसीआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया