आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:४२
वासिङटन डिसी 16:57

सरुको ‘डिजिटल फोटो’ मा प्रतिमा कंडेलको दमदार प्रस्तुति(भिडियो सहित)

इनेप्लिज २०७७ कार्तिक १ गते ११:१६ मा प्रकाशित

काठमाडौं – लोकप्रिय गायिका सरु गौतम र गायक सुनिल कटुवालको सुमधुर स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गीतहरुमा आफ्नो जादुमय स्वर दिएर सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतमले फरक प्रस्तुतिको साथ “डिजिटल फोटो” को म्युजिक भिडियो लिएर आएकी हुन् ।

गीतकार कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । त्यसैगरी उत्सब दाहालले छायांकन गरेको गीतको भिडियोलाइ देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) सँगै गीता ढुंगाना र प्रतिमा कंडेलको मुख्य अभिनय रहेको छ । भिडियो हेर्नुहोस :

प्रतिक्रिया