साँच्चै दसैं आएछ क्यारे

शान्ता सापकोटा २०७७ असोज ३० गते ४:१० मा प्रकाशित

घामका किरण मधुरो बन्दै
आकाश छर्लङ खुल्दै छ
खेतमा फलेका धानका बाला पनि
पहेलै पाकेर शरद ऋतुको
हावामा बयली खेल्दै झुल्दैछ।
साँच्चै दसैं आएछ क्यारे

सयपत्री र मखममी ढकमक्क फुल्दैछन्
घर घरका छतबाट आकासिदै
रङ्गीन चङ्गा उड्दै छन्।
साँच्चै दसैं आएछ क्यारे

घर घरका भित्ता पनि विभिन्न
रङ्गमा मनमोहक बन्दैछन्
मनका डर, त्रास र पीडा पन्छाएर
मानिस सपिङ्ग महलहरुमा भुल्दैछन्।
सांच्चै दशैं आएछ क्यारे ।

दुर्गामाताले महिसासुर माथि
विजय प्राप्त गरे झैँ
मानिसले कोरोना जित्न सकुन ।
भुलेर दुस्मनी सारा
मिलेर आपसमा वांच्न सिकुन
हटोस यो महामारी
भेटेरै दशैको आशिर्वाद लिन सकुन ।

साच्चै विजया दसमी मानिसहरूलाई
सयपत्री र मखममी फुले सरी
धानका बाला हावामा झुलेसरी
खुसी र उमंगमा रमाउदै दसैं
मनाउन पाउने अबसर बनेर आओस्
साँच्चै आउँदो विजया दशमी
प्रत्येक घर परिवारमा सुख समृद्धि अनि उमङ्ग बोकेर छाओस्।

प्रतिक्रिया