भक्तिको शक्तिमा गरौँ विश्वास

सिद्धान्त यादव २०७७ असोज २९ गते १०:१६ मा प्रकाशित

 

कोरोनाको अन्त्य हुनेछ भन्ने गरौँ आश
साथ साथै भक्तिको शक्तिमा गरौँ विश्वास

हामी सबै स्वस्थ रहौँ भन्ने गरौँ प्रार्थना
कोही पनि बिरामी नहोस् भन्ने गरौँ कामना

स्यानिटाइज गरौँ हामी हरेक संक्रमित सामान
वृद्ध मान्छेहरुको विशेष गरि राखौँ ध्यान

ईश्वर तुल्य आमा बुवाको सधैँ गरौँ सम्मान
उहाँहरुको आशिर्वाद बाट नै हुनेछ हाम्रो कल्याण

सबैको भलाई हुने असल कर्म गरौँ सधैँ भरि
अर्काको सहायता गरी बनौँ हामी परोपकारी

सकारात्मक सोचौँ, निराशावादी नबनौँ
सफा मनले भगवानको आरधना गरौँ

कोरोनामुक्त जीवन बिताउने हो हाम्रो चाहना
२०७७ दशैँ पर्वको सबैलाई धेरै शुभकामना

नामः सिद्धान्त यादव
कक्षाः ६
बूढानीलकण्ठ स्कुल, काठमाडौँ।

 

 

 

प्रतिक्रिया