विराटनगर,२७ असोज।मनमोहन प्राविधिक विश्वविद्यालय वुढी गंगा मोरङ र राष्ट्रिय अनुसन्धान परिषद्वीच विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने सम्झौता भएको छ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा आज अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन वीच सम्झौता भएको विश्व विद्यालयले जनाएको छ।
विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान,प्रविधि, वातावरण, उद्योग, सेवा र नविनतम क्षेत्रमा अनुसन्धान गर्ने विश्वविद्यालयका प्रमुख डा.पोखरेलले जानकारी दिनुभयो।
विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पुर्वाधार र अन्य श्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ।
सम्झौता अनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग,सल्लाह,सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्ने भएको छ ।सो सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताउदै अनुसन्धानको जग बसाउने काम शुरु भएकाले विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने बताउनु भयो।
राष्ट्रिय अनुन्धान परिषद्का अध्यक्ष डा.पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविश्कार केन्द्रको मोडलमा सञ्चालन गर्ने चर्चा गर्दै सृजनशिल र प्रतिभाशाली व्यक्तिहरु अनुसन्धान गरि उद्यमी बन्न सक्ने बताउनुभयो।
नेपाल सरकारका पुर्व सचिव रामेश्वर खनाल,सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सम्झौले मुलुकको आर्थिक समृद्धि कायम गर्न बल पुग्ने विचार राख्नु भयो।
प्रतिक्रिया