मोरङमा दुई कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु

इनेप्लिज २०७७ असोज २७ गते १०:५२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२७ असोज।कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको वुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइशोलेसन प्रमुख सुनिल देवले जानकारी दिनु भयो ।मृतकलाई श्वासप्रश्वासमा समस्या आइ बेहोस अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो।मृतकको सोही दिन पिसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो।

यसैगरी वुढीगंगा गाउँपालिका–५ का ७१ वर्षिय वुद्ध पुरुषको कोभिड–१९ उपचार केन्द विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ।मृतकको गएको शनिवार सङ्क्रमण पुष्टि भएसंगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मुत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानवहादुर वस्नेतले जानकारी दिनु भयो।

दमको पुरानो विरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखि उपचारको क्रममा मृत्यु भएको हो।

 

प्रतिक्रिया