कविता -कोरिएका सपनाहरु

दीपक पन्त २०७७ असोज २५ गते १८:०२ मा प्रकाशित

अदृश्य हृदय भित्र कोरिएका

सपनाहरु !

पानीका फोका जस्तै पोखिएका

बिपनाहरु !!

अचम्म लाग्दो

फेरि पनि यी लोभी नयनहरु

दौडिरहेछन !

छाल /भुमरी जाँन्दा जान्दै पनि

पौडिरहेछन !!

आकाश चुम्ने पहेलीको गीत गाउँन छोडिदिदा नि !

जता ततै गोरेटोमा ब्रेकै ब्रेकले मोडिदिदा नि !!

लुप्त तृष्णा

न त लोभी आँखाको दृष्टि थुन्न सकिने रहेछ !

न त गतिशील मुटुको धड्कन रोक्न सकिने रहेछ !!

फिल्मी कलाकार जस्तै मर्छु र मार्छु भन्ने हरू !

टिकटक र फेसबुकमा लाइक र

कमेन्ट गन्नेहरु !!

आज भोली

फेरिएका रंगिन सम्झौताहरु बीच

नाचिरहेकाछन् !

आँखा र मुटु भित्रैकै प्रश्नै प्रश्न बीच बाँचिरहेछन !!

दीपक पन्त

मिल्वाकी , अमेरिका

प्रतिक्रिया