प्रदेश नं १ मा आज ४०९ जना सङक्रमित थप –छ जनाको मृत्यु

इनेप्लिज २०७७ असोज २५ गते १३:०५ मा प्रकाशित

विराटनगर,२५ असोज।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४०९ जना कोरोना सङक्रमित थपिएका छन्।

उक्त अवधिमा गरिएको एक हजार १०४ जनाको पीसीआर परीक्षणमा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङमा २३६ मध्ये विराटनगरमा १९७,सुनसरीमा ९७,झापामा ४०,उदयपुरमा आठ,इलाम,पाँचथर र सोलुखुम्वुमा दुई ÷दुई,धनकुटा र खोटाङमा एक÷एक र प्रदेश बाहिरका २० जनामा सङक्रमण देखिएको छ।प्रदेशमा कोरोना सङ्क्रमितको सङख्या १० हजार ३०० सय पुगेको मन्त्रालयले जनाएको छ। प्रदेशमा आज २५ जना सहित अहिलेसम्ममा चार हजार ८१२ जना सङकमित निको भै घर फर्कका छन्।

यस्तै प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६ जना सङ्क्रमितको मृत्यु भएको छ।प्रदेशमा अहिलेसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको मन्त्रालयले जनाएको छ।मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष रहेका छन्।

 

 

प्रतिक्रिया