नेपालमा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३० हजार ८१८, मृतकको कुल संख्या ६१४

इनेप्लिज २०७७ असोज २४ गते ११:३२ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए ।

शनिबारसम्म देशभर सक्रिय संक्रमितको लगभग ३१ हजार पुगेको छ ।

जसमा संस्थागत एकान्तवास (आइसोलेशन)मा १३ हजार ६५४ र होम आइसोलेशन(गृह एकान्तवास)मा १७ हजार १६४ जना रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ ।

यस्तै आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या ६१४ पुगेको छ। उपत्यकामा मात्रै २६७२ जना कोरोना संक्रमित थपिएका छन । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया