दशैँ गीत

डा बुनु दाहाल २०७७ असोज २३ गते २२:१५ मा प्रकाशित

परदेश र स्वदेश लाग्दथ्यो टाढा चाड बाड आउंदा
स्वदेश मै हुँदा मन भयो काँडा भेट्न नै नपाउदा

बस है आमा बस है बाबा अर्को साल कुरेर
बाँची नै रहे समय मिले भेटौला भनेर

नमुछ आमा दहीमा टिका नराख जमरा
के थाहा ! आमा कालखण्ड जस्तो कोभिड भमरा

बस है बाबा बस है आमा सुरक्षित भएर
नहेर बाटो नझार आँसु आउलान कि भनेर

बाबा सुरक्षित भएर
आमा आउलान कि भनेर

प्रतिक्रिया