एलिना चौहान र नेपाल आइडलका कृषल कँडेलको ‘कोसेली फूलको थुँगा’को भिडियोमा देखियो प्रेम रोमान्स

इनेप्लिज २०७७ असोज २२ गते १५:१८ मा प्रकाशित

काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत कोसेली फूलको थुँगाको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय कृशल र एलिनाको जोडीलाई गायनका अलावा अभिनयमा पनि रुचाइएका कारण यो जोडी कोसेली फूलको थुँगाकोमा पनि कलात्मक अभिनय गर्न सफल भएको छ ।

बेलायतमा बसेर गीत गजल लेखनमा सक्रिय नृपेश उप्रेतीको शब्द र कम्पोज रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ। ह्वाइट मिडिया प्राली ले निर्माण गरेको कोसेलीको म्युजिक भिडियोको सम्पादन र निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् भने छायांकन नमराज घिमिरे र नृत्य निर्देशन प्रविन थापाले गरेका हुन्।

https://www.youtube.com/watch?v=8CdIhAIm1lg&feature=emb_logo

प्रतिक्रिया