राजु परियार र शान्ता कार्कीको स्वरमा गाउँमै मनाऔं दशैं तिहार (भिडियो सहित)

इनेप्लिज २०७७ असोज २१ गते १०:५३ मा प्रकाशित

काठमाडौं । नेपाल मात्र नभई बिश्व नै यतिबेला कोरोना महामारीको चपेटामा गुज्रि रहेको छ।तर नेपालीहरुको महान चाड वडा दशैं नजिकै आई रहेको छ।यस्तो बेलामा देश बिदेशका आफन्तहरु जम्मा भएर मनाउँने गर्दछन् तर यसपाली भने सरकारले जो जहाँ छ सके सम्म त्यही दशैं मनाऔं भनिरहेको छ।यही बेलामा चर्चित लोक गायक राजु परियार र शान्ता कार्की स्वरमा “गाउँमै मनाउ दशैं तिहार” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतमा लय तथा संगीत रिमेश कुमार थापा,शब्द जीवन प्याकुरेल, संगीत संयोजन विजय थापा र मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।

विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियोमा टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी.को अभिनय ,अमन बडुको छायाँकन र लक्ष्मण चौहानको सम्पादन छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन्।गीतको भिडियो डि. ए. आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया