घटनाको सीघ्र अनुसन्धान गरि दोषी लाई कानुनको दायरामा ल्याउन माग

इनेप्लिज २०७७ असोज १९ गते २१:४७ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी असोज १९÷सुदूरपश्चिममा वृद्धि भैरहेका अपराधिक क्रियाकलाप प्रति मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको गम्भीर चिन्ता ब्यक्त गरेको छ।

पछिल्लो समयमा भैरहेका बलात्कार,हत्या,हिंसा लगायतका घटनाले समाज लाई आक्रान्त पारिसकेको उल्लेख गर्दै आयोगले घटनाको सत्य तथ्य छाविनका लागि सम्बन्धीत निकायलाई सुझाव दिएको छ।

यसैक्रममा बझाङकी एक महिलालाई बलात्कार तथा यातना दिने दोषीहरुलाई कानूनी दायरामा ल्याउन राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ।राष्ट्रिय मानवअधिकार आयोग,सुदूरपश्चिमले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै बझाङको बुंगल नगरपालिकाकी २१ वर्षीया महिलालाई ससुरा र उनको सहयोगमा अन्य व्यक्तिले पनि बलात्कार गरेको तथा यातना दिएको भन्दै पीडित महिलालाई न्याय दिन माग गरेको हो।

ती महिलाको शारिरिक र मानसिक अवस्था पनि नाजुक रहेको भनिएकाले पीडितको हालको स्वास्थ्य अवस्था तथा घटनाको अनुसन्धानको बारेमा जानकारी गराउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय लाई आयोगले पत्राचार गरेको छ।आयोगले पीडितको शारिरीक तथा मानसिक स्वास्थ्य अवस्थाको समेत परिक्षण गरि निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्न सरकार तथा सम्बन्धित निकाय लाई आग्रह गरेको छ।

पछिल्लो समय देशभरी र प्रदेशका जिल्लाहरुमा श्रङ्खलाबद्ध रुपमा बलात्कार, हत्या तथा यौन हिंसाका घटनाहरु बढ्नुले महिलाहरुले स्वतन्त्र,भय रहित र मर्यादित रुपमा बाच्न पाउने तथा जिवन यापन गर्न पाउने संविधान प्रदत्त अधिकारको हनन् हुनुका साथै घटनामा कमी नआउनु चिन्ताजनक विषय भएको आयोगका सुदूर पश्चिम प्रदेश कार्यालयका प्रमुख भंmकर बहादुर रावल द्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

रावलद्धारा जारी गरिएको बिज्ञप्तीमा दोषी माथी कडा कारवाही र पिडितलाई न्याय दिलाउनका लागि स्वयं मानव अधिकार आयोगले पहल गरिरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया