काठमाडौ । कोरोना महामारीको निहुमा बिभिन्न मिडिया हाउसले श्रमजीबी पत्रकारहरुलाई अबकाश दिने , तलब न्िदने , बेतलबी बिदा बस्न बाध्य पार्ने गर्देै आएको र सो कार्य तत्काल बन्द गरी अबकाश दिइएका पत्रकार र कर्मचारीहरुलाई बिना शर्त बहाली गर्न दबाब दिने उद्धेश्यले काठमाडौमा रिले अनशन जारी रहेको छ ।
काठमाडौको बानेश्वरमा जारी रिले अनशन प्रति नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले पनि ऐक्यबद्धता जनाएको छ । रिले अनशनको चौथो दिन आइतबार इन्जा ग्लोबलकै तर्फबाट उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्त र सदस्य राजाराम गौतम सहित पत्रकारहरुको टोली गएर ऐक्यबद्धताजनाएको हो ।
अबकाश दिइएका श्रमजीबी पत्रकार र कर्मचारीहरुलाई बिना शर्त तत्काल पुनर्बहाली गर्नुपर्ने , सरकारले तोकेको पारिश्रमिक अनिबार्य उपलब्ध गराउनुपर्ने , बाकी रहेको बक्यौता तत्काल भुक्तानी गर्नुपर्ने , जबर्जस्ती राजीनामा दिन बाध्य पार्ने कार्य बन्द गर्नुपर्ने , बदनियतपुर्बक गरिएका सरुवा खारेज हुनुपर्ने , बेतलबी बिदामा बस्न बाध्य पार्ने काम बन्द गर्नुपर्ने माग अनशनमा बस्नुभएका पत्रकारहरुको रहेको छ ।
६ महिना काम गरिसकेको श्रमजीबीलाई अनिबार्य स्थायी गर्नुपर्ने, श्रमजीबी पत्रकार ऐन पुर्ण कार्यान्वयन हुनुपर्ने , ऐन कार्यान्वयन नगर्ने संचार गृहलाई कानुन अनुरुप कारबाही गर्नुपर्ने, श्रमजीबीहरुलाई करचुक्ता प्रमाणपत्र उपलब्ध गराउनुपर्ने माग पनि अनशनकारी पत्रकारहरुको रहेको छ ।
विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।
प्रतिक्रिया