बाल गीत
बिमला दुंगाना (निरौला) (फेरफ्याक्स भर्जिनिया)
२०७७ असोज १७ गते १८:४५ मा प्रकाशित
लैजाऊ बतास माथी माथी उडाई कोरोनालाई
खुशी हुँदै हामी सबै गरिदिन्छौं बाई-बाई
कोभिड उन्नाइस् ले ढाक्यो यो संसार आज
थरी थरी दु:ख दिंदै घुम्छ हामी माझ
कंहा बाट किन आयो छाम्नु देख्नु छैन
उपचार के हो यस्को जान्या कस्ले हैन
लैजाऊ पानी बगाएर मानिस भन्दा पर
नत्र सवको शरीरमा बनाउनेछ घर
न त देख्यो उमेर यसले न त शक्ती शान
तल पार्न खोज्छ हेर यो विश्वकै ज्ञान
मनोवले जिती यस्लाई निर्मुल पार्नु पर्छ
बिज्ञानले मास्दै त्यस्कै सेखी झार्नु पर्छ
लैजाऊ घाम सुकाई देऊ आकाशकै माथी
हामी सवको रक्षा गर्दा तिमी कति जाती
लैजाऊ बतास माथी माथी उडाई कोरोनालाई
खुशी हुँदै हामी सबै गरिदिन्छौं बाई-बाई ।।
बिमला दुंगाना (निरौला)
(फेरफ्याक्स भर्जिनिया)
नेपाली संगीतमा प्रवासको योगदान
नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने
म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै
न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)
अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
प्रतिक्रिया