पोखराको शहरबाट निस्कने फोहोरहरु पोखरा १५ को बाच्छेबुडुवामा फालिन्छ।पछिल्लो समय पोखरा अन्र्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य पूरा हुन लाग्दा अब पोखराको फोहोर कता बिर्सजन गर्ने भन्ने चिन्ता माहानगरलाई छ।पोखरा महानगरपालिका वडा नं. १३ का अध्यक्ष दर्शन लामा भने अब अन्र्तराष्ट्रिय एयरपोर्ट बनेसंगै नयाँ डम्पिङ साईडको खोजी भएको बताउँछन्।
उनका अनुसार महानगरले पनि बिभिन्न कम्पनीहरुलाई फोहोर व्यवस्थापनको जिम्मा दिएकोले फोहोर व्यवस्थापनमा खटिने मजदुरहरुको बारेमा पनि महानगर चिन्तित भएको बताएका छन्।पोखरा महानगरलाई सफा र सुन्दर बनाउने कुरामा आफ्नो पहल जारी रहने समेत प्रतिबद्धता दर्शन लामाले गरेका छन्।हेर्नुहोस् कार्यक्रम स्वाथ्य जीवनका लागी रक्षा पोखरेलले दर्शन लामासंग गर्नुभएको कुराकानी।
प्रतिक्रिया