बुटवल पाल्पा यात्रा गर्दा नागरिकले कहिले सम्म पाउने सास्ती

टंक पन्त २०७७ असोज १६ गते १२:१६ मा प्रकाशित

पाल्पा, जोरधारा । पानी पर्यो कि सिद्धबाबामा जतिखेर पनि जाने पहिरोले नागरिकहरुलाई निकै सास्ती दिने गरेकै थियो तर यस पटक सिद्धबाबा पहिरोले मात्र होइन सिसुवा , भुतखोला र त्यस बरबपर गएको पहिरोले गर्दा हजारौ नागरिकले सास्ती भोग्नु पर्यो ।

गत हप्ता भएको ठुलो बर्षाका कारण सिसुवा खोला, भुतखोला , सिद्धबाबामा आएको पहिरोका कारण अहिले पनि नागरिकहरुले सास्ती भोग्नु परेको छ । त्यस क्षेत्रका धेरै ठाउमा अहिले पनि एक तर्फी मात्र सडक खुलेको छ ।

सिद्धबाबामा पहिरो जाने कुरा सामान्य जस्तै भएको छ त्यहां बेला बेलामा बर्षा नभएपनि पहिरो जाने गरेको छ भने बर्षामा त पहिरो झर्ने कुरा सामान्य नै हुने गरेको छ । केही बर्ष यता झण्डै तीन दर्जन बढी यात्रु बाहक र मालबाहक साधनलाई पहिरोले चापी सकेको छ भने डेढ सय बढी नागरिकले सो ठाउंमै ज्यान गुमाइसकेको तथ्यांक छ ।

सिद्धबाबाको पहिरो नियन्त्रण हुने संभावना नै नभएपछि सरकारले सिद्धबाबा वारिबाट झुम्सा सम्म सुरङ निर्माण गर्ने निर्णय गरिसकेको छ तर अझै त्यसको काम प्रारंभ भएको छैन । सिद्धबाबामा जाने गरेको पहिरो झनपछि झन खतरनाक हुने गरेको छ । तल्ःलो सिद्धबाबा देखि माथिल्लो सिद्धबाबा पारी कटेपछि मात्र नागरिकहरुले लामो सास फेर्ने गर्छन । सो क्षेत्र नकट्दा सम्म निकै डरत्रास हुने गरेको छ ।

गएको हप्ता सिसुवाखोला , भुतखोलाको पहिरोले आम नागरिकहरुलाई निकै तनाब दियो । झण्डै ४० बर्ष पछि निकै ठुलो बर्षा भएको कारण पहाडसंगै पहिरो झरेको थियो । ठुला ठुला ढुंगा सहित झरेको ठुलो पहिरो डोजरले हटाउन नसकेपछि ढुंगा फोर्ने ठुलो क्रेन बुटवलबाट जान ढेड दिन लागेको थियो ।

आम नागरिकहरुले पाएको दुख र पहिरोको अबस्थाबारे पुर्ण जानकारी हुंदा हुदै पनि बुटबलको सडक बिभागका अधिकारीहरुले ४२ घण्टा सम्म थाहा नपाए झै गरे । प्रहरीका अधिकारी र पाल्पाका प्रमुख जिल्ला अधिकारीले पटक पटक ढुंगा फोर्ने क्रेन पठाउन आग्रह गर्दा पनि सडक बिधागले अटेर गरेको र पछि केन्द्रबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट फोन आएपछि मात्रै सडक बिभागले क्रेन पठाएको थियो । पहिरो गएको अर्को दिन बिहान बर्षा हुन छाडेको थियो ।

पाल्पा बुटबल सडक अबरुद्ध हुंदाका समयमा पाल्पा आउनु भएका सांसद सोमप्रसाद पाण्डेले पनि सडक बिभागलाई ताकेता गर्दा पनि ढीलाई गरेपछि केन्द्रमा सम्पर्क गरी ताकेता गर्नुभएको थियो । बर्षा रोकिएपछि बिहान मात्रै क्रेन पुगेको भए हजारौ नागरिकहरुले तीन दिन सम्म दुख पाउने थिएनन । सो पहिरो समयमा नहटाइदिएकै कारण गुल्मी जाने धेरै यात्रु डबल बाटो हिडेर अर्घाखाची हुदै गएका थिए ।

तीन दिन सम्म बाटो अबरुद्ध हुंदा स्थानीय सरकार देखा समेत नपरेको बताइएको छ । हुन त हाइवे सडक मर्मत सम्हारको जिम्मेबारी केन्द्रिय सरकारकै भएको कारण पनि बेवास्ता गरेको भन्ने भनाई पनि स्थानीय नागरिकहरुको छ ।

तीन दिन सम्म पाल्पा बुटबल सडक अबरुद्ध हुंदा गुल्मीबाट बुटवल जाने क्रममा निकै पीडा भोग्नुभएका प्रकाश कण्डेल भन्दै हुनुहुन्थ्यो – ठुलो पहिरो जाने अघिल्लो दिन साझ बुटबल र आसपासका क्षेत्र सहित पाल्पाको जोरधारा नजिक सम्म ४० बर्ष पछाडि निकै ठुलो मुसलधारे पानी परेको थियो । जसले गर्दा पहाडैसित पहिरो गएको थियो । सात ठाउंमा गएको पहिरोले २५ घरपरिबारलाई उठीबास समेत बनाएको छ ।

साझ ९ बजेपछि परेको ठुलो मुसलधारे बर्षाले गर्दा रुपन्देहीका निकै घरमा पानी पसेको थियो राति घरघरमा पानी पसेको थाहा भएपछि रुपन्देही तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरे राति १२ बजे पनि घरघर पुगेर आफ्ना नागरिकलाई सान्त्वना दिदै हुनुहुन्थ्यो भने कतिपय जनप्रतिनिधिले थाहा नपाए झै गरेर सुतेका थिए । प्रकाश कण्डेलले थप्नुभयो – कतिपय प्रतिनिधि आफना नागरिकलाई पर्ने हरेक समस्या समाधान गर्न रातबिरात भन्दैनन भने कतिपय ठाउंमा तीन दिन सम्म यतिठुलो बिपत्ति हुंदा जनप्रतिनिधि देखा समेत पर्दैनन कस्तो बिडम्वना ।


सडकको बिजोग र नागरिकले दुख पाएको देखेका बिष्णु कण्डेल प्रश्न गर्देै हुनुहुन्थ्यो –म प्राय बुटबल गुल्मी गरिरहन्छु तर राज्यको लापर्बाहीका कारण यति दिन सम्म नागरिकले यति दुख पाएको अहिले सम्म देखेको थिइन , पहिरो खस्छ त्यो प्राकृतिक बिपत्तिले गर्दा हुने कुरा हो तर यति लामो समय त्यति नजिक बुटबलबाट क्रेन नल्याएर नागरिकहरुप्रति यो भन्दा चरम हेलचेक्रेइ अरु के हुन सक्छ ?

लामो समय पाल्पा बुटबल सडक अबरुद्ध भएपछि धेरै यात्रु घण्टौ लगाएर बुटबल र पाल्पा पर्बास सम्म पैदलयात्रा गरेका थिए । साना साना बालबालिका र काखमा बच्चा बोकेर समेत यात्रा गर्नेहरुको संख्या पनि निकै थियो । पैदल यात्रा गर्दा पनि हिलोमा खुटा डुवाएर हिडुनु परेको दुखद कथा सुनाउदै मीना शर्माले भन्नुभयो –५२ घण्टा सम्म सडक अबरुद्ध हुदा करीब २५ किलोमिटर दुरीमा रहेको बुटबलको सडक बिभागले ढुंगा फोर्ने क्रेन नपठाउनु प्रशासनको हदै सम्मको लापर्बाही र दण्डहीनताको पराकाष्टा नै हो । यो हेर्दा लाग्यो जसले जे गरेपनि हुने रहेछ ।

 

प्रतिक्रिया