खुटिया खोलामा गिट्टी कुट्ने मजदुरलाई राहत दिएर जन्म दिवस मनाए रावलले

इनेप्लिज २०७७ असोज ११ गते १७:२१ मा प्रकाशित

धनगढी,असोज ११ ÷ युगअस्त्र दैनिक धनगढीका प्रकाशक तथा वातावरण संरक्षणकर्मी वीरेन्द्र बहादुर रावलले कैलाीको खुटिया खोला किनारका बिपन्न परिवारहरुलाई खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गर्नु भएको छ।

जन्मदिनको अवसर पारेर मानिसहरुले आजभोली फजुलको खर्च गर्ने अनि केक काटेर साथी भाईहरु संग रमाईलो गर्ने परम्परालाई अन्त्यगर्ने सोचका साथ जन्मदिन लाई खुटिया खोलामा रहेका विपन्न महिला,बालबालिका र बृद्धबृद्धाहरुका माझ मनाएको बताउनु भएको छ।

तामझाम र तडक भडक गरेर जन्मदिनहरु मनाएरलाखौं रुपैया खर्च गर्ने परम्पराको अन्त्य गर्न र लोकतन्त्रमा विपन्न समुदायले भोग्नु परिरहेका समस्याहरु प्रति सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ मजदुरहरुका माझ जन्म दिवस मनाइएको कुरा पत्रकार रावलले बताउनु भएको छ।

जन्म दिनको अवसरमा खुटिया खोलामा बिना मास्क,स्वास्थ्य सामग्रीको प्रयोगनै नगरेर गिटट्ी कुटिरहेका महिला बालबालिका तथा बृद्धबृद्धाहरुलाई स्वास्थ्य चेतना बाँड्दै खोला किनारमा गिट्टी कुटिरहेका ६० जनालाई मास्क,साबृुन,भुजा,चाउँचाउ र लुगा धुने सोडा लगायतका सामग्रीहरु वितरण गरिएको कुरा युगअस्त्र दैनिकका प्रकाशक रावलले बताउनु भयो।यस अघिका बर्षहरुमा पनि मुक्त कमैया,बादी बालबालिका,सुकुम्बासी क्षेत्रका अतिविपन्न र अपाङगता भएका परिवारहरुका माझ पनि राहत सामग्रीहरु प्रदान गरेर जन्मदिनहरु मनाइएको पनि प्रकाशक रावलले बताउनु भएको छ।

पछिल्लो समयमा विकृतिका रुपमा मनाईदै आईरहेका जन्म दिनहरुलाई मानव सेवामा सर्मपित गर्दै रचनात्मक बनाएर लैजानु पर्ने सोचका साथ विपन्न बर्गका माझमा जन्म दिन मनाएको पनि प्रकाशक रावलको जोड रहेको छ।समाजमा रहेका अति विपन्न,गरिव मानिसहरुलाई सामान्य भएपनि सहयोग गर्न सकेको खण्डमा धेरै राहत मिल्ने भएकाले जन्मदिनहरुलाई सेवामुखी बनाएर लैजानु पर्नेमा रावलले जोड दिनु भएको छ।

प्रतिक्रिया