कोलोराडोमा ठूलो छुरी लिएर हिड्दै गरेको संदिग्धलाई प्रहरीद्वारा गोली प्रहार

इनेप्लिज २०७७ असोज ११ गते २:०२ मा प्रकाशित

कोलोराडो राज्यको डेनभरमा ठूलो छुरी लिएर हिड्दै गरेको संदिग्धलाई प्रहरीले गोली प्रहार गरेका छन। शनिबार सेप्टेम्बर २६ का दिन दिउसो उक्त घटना भएको हो ।

प्रहरीलाई खबर गरे पछि उक्त स्थानमा प्रहरी पुग्दा संदिग्धसंग लामो चक्कु बोकेर हिडी रहेका थिए । डेनभरको रेस स्ट्रिट (गल्ली)नजिक उक्त संदिग्ध फेला परेका थिए ।

बिभागका प्रवक्ताका अनुसार उनिसँग निक्कै ठुलो छुरी भएको बताएका छन । ९११ प्रहरीलाई खबर गर्नेले उनि पार्क(उद्यान)तर्फ गै रहेको बताएका थिए । प्रहरी त्यहा पुगे पछि उनलाई चक्कु भुईमा राख्न आदेश दिएका थिए तर उनले नमानेको प्रहरीले बताएका छन ।

उक्त संदिग्ध व्यक्तिले चक्कु नफ्याकी प्रहरी तर्फ बढे पछि प्रहरीले गोली हानि उनलाई ढालेका थिए । उनलाई अस्पताल लागिएको थियो । उक्त संदिग्ध व्यक्तिको बिस्तृत जानकारी भने प्रहरीले सार्वजनिक गरेका छैनन ।

श्रोत :डेनभर/सिबिएसलोकल डटकम

प्रतिक्रिया